लेकाली अनलाइन
भदौ १८, सल्यान ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर १२ ओख्रेनी मुलखोलामा घर भत्किएर पुरिएका बालबालिकाहरु प्रति दुख व्यक्त विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले शोक वक्तव्य जारी गरेको छ ।
आइतबार बेलुका आफ्नो पार्टीका साधारण सदस्य बालाराम डाँगीको घर पहिरोले भत्किदा उनका ३ जना छोराछोरीको ज्यान गएको भन्दै दुख व्यक्त गरिएको छ । ज्यान गुमाउनेहरु पार्टीका जिल्ला सल्लाकार नोखिराम डाँगीका नातिनतिना समेत भएको शोक वक्तव्यमा भनिएको छ ।
त्यसैगरी सो पार्टीका जिल्ला सचिवालय सदस्य दार्मा गाउँपालिका– ५ उत्तीसे निवासी सन्तोषकी आमा धर्मी खत्रीकोे निधनप्रति पनि पार्टीले दुखत जनाएको छ ।
त्यस्तै पहिरोमा परेर ज्यान गुमाउने बालबालिकाको परिवारलाई पनि तत्काल उचित राहत दिन सम्बन्धित निकायलाई नेकपाले वक्तव्य मार्फत आग्रह गरेको छ ।
हेर्नुहाेेस् शोक वक्तव्य