किसानसँग काम गर्ने भन्दै सल्यानको बागचौरमा खुल्यो समाज विकास केन्द्र


एस डि (श्रवण)
भदौ १८, सल्यान ।
समाज विकास केन्द्र (SDC) नेपालले सल्यानको बागचौरमा आज कार्यालय उद्घाटन गरेको छ । कृषि तथा पशुमा सिपमुलक प्राविधिक तालिम दिने उदेश्यका साथ समाज विकास केन्द्र नेपाल नामक संस्था स्थापना गरिएको बताइएको छ ।

कृषकको आर्थिक भविष्य सुनिश्चित गर्ने उदेश्यले स्थापना गरेको उक्त संस्थाले कृषकहरु सँग ५ वर्षसम्म काम गर्ने संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद डाँगीले जानकारी दिए । परम्परागत कृषि प्रणाली लाई आधुनिकरण गरी किसानहरुको उत्पादन बढाउने र आर्थिक महत्व बोकेका बोट बिरुवाहरु कृषकलाई उपलब्ध गराउने साथै विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम र सिपमूलक तालिमहरु प्रदान गर्ने संस्थाको उदेश्य रहेको बताइएको छ । हरियो गाउँ र नगर, सफा गाउँ र नगर भन्ने नारालाई सार्थकता तुल्याउदै समृद्ध नेपाल विकासमा टेवा र्पुयाउने यस संस्थाको मुख्य उदेश्य रहेको उनले बताए ।

त्यस्तै बढ्दो विरोजगार समस्यालाई न्युनिकरण गर्ने, खेर गएको जमिन, विरोजगार जनशक्ति, खेर गएको समयलाई सदुपयोग गर्दै कृषिमा परिवर्तन ल्याउन भुमिका खेल्ने संस्थाका उपाध्यक्ष कमल विकले बताए । उनका अनुसार कृषकले उत्पादन गरेको वस्तुलाई बजारीकरण संस्थाले स्वयम गर्ने छ ।

कार्यक्रममा सल्यान र रुकुमका ७० जना भन्दा बढी किसानहरुको सहभागीता रहेको थियो भने किसानहरुलाई विभिन्न किसिमका विउ विजन वितरण गरिएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि बागचौर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टिकाराम केसीको रहेको थियो । संस्थाका कोषाध्यक्ष प्रकृति वलीको स्वागत मन्तब्य बाट शुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव पुस्कार सिर्पालीले गरेका थियो ।

प्रकाशित मिति : २०७५ भाद्र १८ गते सोमवार