भदौ १८, सुर्खेत ।
सुर्खेतमा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन । जिल्लाको काफलकोट बाट बाखर्क तर्फ हिडेकोे लु २ च १९०९ नम्बरको जिप आज बिहान सिम्ता गाउपालिका वडा न २ को दुरपाल भने ठाउँमा हुँदा १९ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा दैलेख गुरास गाउपालिकाकि वर्ष २३ कि निर्मला खडका, सुर्खेत सिम्ता गाउपालिका वडा नम्बर २ वर्ष २२ का अशोक सिह र सोही ठाउका वर्ष ४४ का तिलक बुढा र जिप चालक गुर्भाकोट नपा ४ सहारे वर्ष ३० को दिनेश बिक सहित १९ जना रहेका छन ।
सबै घाइतेहरुको अवस्था सामान्य रहेको र उपचारको लागि नेपालगन्ज लगिएको ईलाका प्रहरी कार्यालय सुर्खेत राकमका सहि दामोदर अधिकारीले जानकारी दिए ।
दुर्घटना हुनाको कारण गाडिको क्राउन भाचिएकोले दुर्घटना भएको र जिप सडक बाट १० मिटर तल गएको छ । संकेतिक फाेटाे फाइल