• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानका बाल शिक्षकले सेवा सुविधाको माग गर्दै आन्दोलन गर्ने


लेकाली अनलाइन
भदौ १८, सल्यान ।
बालबिकास शिक्षक समिती सल्यानले सरकार सँग सेवा सुविधाको माग गर्दै आन्दोलन गर्ने जनाएको छ ।

आज सदरमुकाम खलंगामा बसेको बैठकले प्रावि शिक्षक सरहको सेवा सुविधाको माग गर्दै चरन बद्ध रुपमा आन्दोलन गर्ने जनाएको हो । अहिले बाल शिक्षकलाई सामान्य खालको तलव मात्रै दिएकोले त्यसको वृद्धिको माग गर्दै आन्दोलन गर्ने बैठकले निर्णय गरेको समितीका जिल्ला सचिव सान्ती प्रभा पुरीले लेकाली अनलाइनलार्इ बताइन् । त्यस्तै प्रावि तहका शिक्षकहरु सरहकाे अन्य सेवा सुविधा पनि अाफुहरुकाे हुनुपर्ने उनिहरुकाे माग छ ।

स्थानीय स्थरदेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म आन्दोलन गर्ने बैठकले निष्कर्स निकालेको छ । कार्यक्रममा सल्यान जिल्लाका दशओटै स्थानीय तहका बाल शिक्षकको सहभागीता रहेको थियो ।

संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७५ भाद्र १८ गते सोमवार