• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

अदालतका न्यायधीशको रोहवरमा प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश


भदौ १८, काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई आज सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । पटक पटक सर्वोच्च अदालतको आदेशलाई अवज्ञा गरिएपछि सर्वोच्च अदालतले नेकपाका दोस्रो बरियताका नेता प्रकाण्डलाई रिहा गर्न कडा आदेश जारी दिएको छ ।

सर्वोच्च अदालतले आज नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालतका न्यायाधीशको रोहवरमा निशर्त रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेको भन्दै नुवाकोट जिल्ला अदालतको रोहोबरमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशकै रोवहरमा रिहा गर्न आदेश दिएपछि प्रहरीले पुनः पक्राउ गर्न कठिन हुने देखिएको छ । साथै सर्वोच्च अदालते रिहा गरेको प्रमाण सर्वोच्च अदालतमा बुझाउन नुकाकोट प्रहरीको नाममा आदेश समेत जारी गरेको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १८ गते सोमवार