लेकाली अनलाइन
भदौ १९, सल्यान ।
सल्यानकाे बागचाैर नगरपालिका ६ ठुलापाेखरामा रहेकाे सिद्धार्थी अाधारभुत विद्यालयमा पहिराे जाँदा पठनपाठन अवरुद्व भएकाे छ ।
गएकाे साउन २० गते पहिराे जाँदा दुर्इ अाेटा भवनमा क्षेती पुगेकाे उक्त विद्यालयमा गएराती फेरी पहिराे जाँदा पठनपाठन अवरुद्व भएकाे प्रधानध्यापक ज्ञान बहादुर अाेलीले जानकारी दिएका छन् । उनका अनुसार पहिले एउटा दुर्इकाेठे पक्की भवनमा माथिबाट पहिराे झर्दा भवनकाे पर्खाल भत्किएर ढुंगामाटाे काेठा भित्रै पसेकाे र अर्काे दुर्इकाेठे पक्की भवनमा पनि अासिंक क्षेती पुगेकाे थियाे । तर त्यसकाे मर्मत संभार नहुँदै एक महिना पछि गएराती पहिराे जाँदा अर्काे दुर्इकाेठे भवन पनि जाेखिममा पुगेके छ ।
भुकम्प प्रतिराेधात्मक उक्त दुर्इकाेठे भवनकाे मुनिबाट पहिराे गएपछि भवन जाेखिममा रहेकाेले विद्यालय नै बन्द गर्नु परेकाे प्रअ अाेलीले लेकाली अनलाइनलार्इ बताए । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालय अर्काे निर्णय नहुँदासम्म बन्द हुने उनले बताएका छन् ।’