• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानका अधिकांश घरहरु पहिरोको जोखिममा, साढे एक करोड भन्दा बढीको क्षेति


सरिता चलाउने
भदौ १९ सल्यान ।
सल्यानका अधिकासं गाउहरु प्हिरोको जोखिममा रहेका छन । जिल्लाको छत्रेश्वरी, कुमाख गाउँपालिका, बनगाढ कुपिण्डे, बागचौर नगरपालिका लगाएतका भित्रका गाउ जोखीममा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुुसार गएको वैशाख देखी हाल सम्म सल्यानमा १ करोड ५२ लाख ९ हजार पाच सय वरावरको क्षेति भएको वताएको छ ।

जिल्लाको कुमाख गाउपालिका, बागचौर नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका, क्षत्रेश्वरी गाउपालिकामा ठुलो धनजनको क्षेति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक विरेन्द्र वहादुर शाहले जनकारी दिए ।  उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा पहिरो, वर्षा, वाढी गरी साढे १ करोड भन्दा वढीको क्षेतिको विवरण जानकारीमा आएको छ । गएकाे एक हप्ताकाे अवधिमा मात्रै बागचाैर नगरपालिका भित्र पहिराेले ९ जनाकाे ज्यान गइसकेकाे छ ।

उनले भने– “सवै भन्दा वढी कुमाख गाउपालिकामा भएको छ, भाद्र १ गते आएको अविरल वर्षाका कारण मानवीय क्षेति नभएपनि भौतिक क्षेति धेरै भएको छ ।” कुमाख गाउपालिका वडा नं. ५ त्वालद्धारीमा एकै गाउका १७ घर परिवार विस्थापित भएका छन ।

गाउँका राम कुमार पुन, कलौटो पुन,गोरख वुढा, अमृति सार्की लगाएतको घर पुर्णरुपामा क्षेति भएको कुमाख गाउपालिका सल्यानका अध्यक्ष दिलमायाँ वुढा गिरीले जानकारी दिइन् । उनका अनुसार त्वालद्धारीमा घरमा भएको लत्ता कपडा,अन्नपात गाई वस्तु गरी जम्मा २ करोड वरावरको क्षेति भएको छ । विस्थापीत नजिकैको मिलमा वस्दै आएका छन । विस्थापीत भएकालाई गाउपालिकाको तर्फवाट खानेपानी, लत्ता कपडा सिरक डसना कार्पेट नेपाल रेडक्रसको समन्व्यमा गाउपालिकाले हस्तान्तरण गरेको छ ।

यस्तै छत्रेश्वरी गाउपालिका वडा नं. ५ दहखोलामा पनि ४ वटा घरमा पहिरोले पुर्णले क्षेति गरेको छ । दहखोलामा याम वहादुर केसी, लक्ष्मण केसी, प्रेम केसी र टुल्को विकको घर पुर्णरुपमा क्षेति गरेको छत्रेश्वरी गाउपालिका उपाध्यक्ष सिता केसीले जानकारी दिइन् । उनका अनुसार सवै भन्दा वढी याम वहादुरको घरमा ठुलो क्षेति भएको छ । याम वहादुर केसीको घरमा भएको लत्ता कपडा, अन्नवाली लगाएत घर भित्र भएका सामान पुर्णरुपमा क्षेति भएको छ ।

विस्थापित भएका याम वहाुद केसीको परवार आफनो घरमा वस्दै आएको छत्रेश्वरी गाउपालिका उपाध्यक्ष सिता केसीले बताइन् । उनले भनिन्– “विस्थापित भएका बाँकी परिवार आफन्तको घरमा वस्दै आएका छन् र याम वहादुरको परिवार आफ्नो घरमा बस्नुभएको छ ।”

विस्थापित भएका परिवारलाई कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालले तत्कारका लागी प्रदेश सरकारको तर्फवाट प्रति घर १० हजारका दरले राहात उपलव्ध गराएका छन् ।
विस्थापीत घर परवारलाई पुनरबासको लागी स्थानीय सरकार र प्रदेश सरकार सँग सहकार्य गरेर सुरक्षित स्थानमा वस्नको लागी व्यवस्था मिलाउने मन्त्री ज्वालाले बताए । उनले भने– “यो विपदको घडीमा विस्थापित परवारलाई सहयोग गर्न सवैलाई आग्रह छौं ।”

संबन्धित समाचार

सल्यानकाे पहिराे: एकै घरका ३ बालबालिकाको मृत्युले पूरै गाउँ शोकमग्न, सबैतिर बाट दुख व्यक्त !

सल्यानकाे बाफुखाेलामा घर भत्किएर पुरिएका ३ जनाकाे सव निकालियाे

Breaking: सल्यानमा पहिरो जाँदा फेरी एकै घरका ३ बालबालिका पुरिए

घर भत्किदा लुटिएकाे खुसी, बाँचेका ३ बालिकालार्इ कसले गर्ला सहयाेग (घटनाकाे विस्तृत जानकारी)

अबिरल बर्षाले सल्यानमा घर भत्किदा एउटै घरका ५ जनाकाे मृत्यु, एक घार्इते

Breaking: सल्यानकाे दहखाेलामा ठुलाे पहिराे ! पाँचअाेटा घरमा क्षेती, गाउँ नै पहिराेकाे उच्च जाेखिममा

ग्रामीण सडकै कारण पश्चिम सल्यानका दर्जनौं गाउँहरु पहिरोको उच्च जोखिमा

पश्चिम सल्यानमा पहिरोको उच्च जोखिम, भेरी नदिमा आएको बाढीले फेरी र तारजाली बगायो

सल्यानको कुमाख गाउँपालिकामा पहिरोले दर्जनौं घरपरिवारका सयौं बढी विस्थापित

सल्यानकाे मर्मखाेलामा १० बर्ष यताकै ठुलाे बाढी अायाे, सयाैँ राेपनीमा लगाएकाे धान बाली नस्ट

प्रकाशित मिति : २०७५ भाद्र १९ गते मङ्गलवार