• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

दलित विकास समाज सल्यानकाे सामाजिक परिक्षण कार्यक्रम


मिना खड्का

भदौ १९, सल्यान ।

दलित विकास समाज सल्यानले आर्थिक वर्ष २०७४ ०७५ को बार्षिक सामाजिक परिक्षण कार्यक्रमको सार्वजनिक गरेको छ ।

मंगलबार सदरमुकाम खलंगामा एक कार्यक्रमका बिच सामाजिक परिक्षण कार्यक्रमको सार्वजनिक गरिएको हो । कार्यक्रमको उद्ददेश्य, संस्थाको संक्षिप्त परिचय, परिकल्पना, विधान, संस्थागत मानव संसाधन, कर्मचारि समावेशिकरण, जिल्लाका कार्यलयहरू सँगको सम्बन्ध, समुदाय स्तरको सम्बन्ध, समुदायस्थरमा प्राप्त गरेका उपलब्धिहरू संस्थाले प्राप्त गरेको सम्मान तथा कदर सम्बन्धि जानकारी कार्यक्रममा गराइएको थियो ।

बालसंरक्षण नितिको बारेमा संस्थाका गुमान सिहं नेपालीले गराएका थिए भने, दलित विकास समाजले वर्षभरि गरेका काम हरूको विश्लेषण कार्यकारी निर्देशक दुर्गा पुनले गराएका थिए । कार्यक्रममा उपस्थित सहभागिहरूले बर्षभरी भएका कामको बारेमा छलफल पनि गरेका थिए ।

दलित विकास समाजकी उपाध्यक्ष पुर्णिमा विकको अध्यक्षतामा शुुरू भएको कार्यक्रमको प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्टको रहेकाा थिए । कार्यक्रममा शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डन लगाएतको सहभागीता रहेको थियो ।

नेपाल पत्रकार महासंघ सल्यानका सचिब संकर कसीले संचालन गरेको कार्यक्रमा स्वागत मन्तव्य दलित विकास समाज सल्यानकी सचिव गिता पहाडिले राखेकि थिइन ।

प्रकाशित मिति : २०७५ भाद्र १९ गते मङ्गलवार