• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

‘ब्याचलर बन्टी’मा अनमोल – उकुशा रोमान्स पक्का , भित्रिइन् नव अभिनेत्री


काठमाडौँ । अनमोल केसी लिड अभिनयमा रहने फिल्म ‘ब्याचलर बन्टी’को लागी निर्माण टिमले अभिनेत्री अनुबन्ध गरेको छ । फिल्ममा अनमोलको अपोजिटमा उकुशा गिरी फाइनल भएकी छिन् ।
काठमाडौं बानेश्वर निवासी उकुशा मिस एशिया २०१७ की बिजेता हुन् । थुप्रै र्याम्प शो, पेपर एड तथा टिभिएस विज्ञापनमा आफ्नो उपस्थिती जनाएकी उकुशाको लागी ‘ब्याचलर बन्टी’ डेब्यू फिल्म बन्नेछ । पहिलो फिल्ममा नै उनले स्टार अभिनेता अनमोल केसीसँग जोडी बाँध्नेछिन् ।

१९ बर्षिय उकुशाको उचाई ५ फिट ६ इन्च छ । निर्देशक तथा निर्माता समेत रहेका मिलन चाम्स सँगै निर्माता सुदिप खड्का र उकुशाबीच मंगलबार मात्रै दुई पक्षित सम्झौता भएको थियो । सुदिप खड्का प्रोडक्सन र चाम्स इम्टरटेमेन्टको ब्यानरमा बन्ने यो फिल्ममा अन्य कलाकार को को रहने निर्माण टिमले खुलाएको छैन ।

असोजबाट फ्लोरमा जाने बताइएको फिल्मको सम्पुर्ण छायाँकन यूरोपमा हुनेछ । कमेडी तथा लभस्टोरी जनरा बोकेको भनिएको फिल्मको आगामी फागुनलाई प्रद्रशन मिति तय गरिसकिएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १९ गते मङ्गलवार