भाद्र १९, काठमाडौँ – देशभर बलात्कार र हत्याको घटना बढेसँगै काठमाडौंको स्वयम्भुमा पनि फेरि एउटा डरलाग्दो घटना घटेको छ । काठमाडौंको स्वयम्भुमा बागलुङ जिल्ला वुर्तिबाङ निवासी २२ वर्षीय सन्जीन जिसीको शव टाउको चुडिएको अवस्थामा फेला परेको जानकारी आएको छ। टाउको नभएको उक्त शव कपडाको आधारमा सनाखत भएको हो। ९ दिन देखि बेपत्ता रहेका जिसी अध्ययनको लागि काठमाडौँ बस्दै आएका थिए।
जिसी बेपत्ता भएको ९ दिन पछि टाउको नभएको शव भेटिएपछी आफन्तहरु मर्माहत भएका छन्। मृतक युवाका मामा मुकुट रायमाझीले अपहरण पछि हत्या भएको हुन सक्ने बताएका छन् । उनको शव अहिले पोस्टमार्टमका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा राखिएको छ। अ