भदौ १९, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा मंगलबार पानी भरिएको बाल्टिनमा डुबी दुई वर्षीय एक बालकको मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोक बार्हबीसे घर भएर अहिले झौखेलमा डेरा गरी बस्ने देवेन्द्र श्रेष्ठका दुई वर्षीय छोरा प्रत्युश श्रेष्ठको ज्यान गएको हो।