लेकाली अनलाइन
भदौ १९, सल्यान ।
सल्यान रुकुम यातायात ब्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले यातायात समितिमा सिन्डिकेट नभएर राजनीति क्षेत्रमा सिन्डिकेट भएकाे बताएका छन् ।
मंगलबार सल्यान रुकुम यातायात ब्यवसायी समितिकाे कर्मचारी भेलामा बाेल्दै उनले सरकारले सिन्डिकेट हटाउने नाममा गरेको यातायात समितिहरुको खारेजीले मुलुकमा बिकराल समस्या ल्याउन सक्ने भन्दै सिन्डिकेट यातायात समितिमा नभएर राजनीति क्षेत्रमा बढी हाबी भएको बताएका छन् ।अध्यक्ष बुढाथोकीले नेपाल सरकारले संस्था दर्ता ऎन २०३४ बमोजिमका संस्थाहरु खारेज गर्ने विषयले यतिबेला यातायात कर्मी र हजारौ मजदुरहरुको रोजिरोटी बारे सोच्न बाध्य तुल्याएको समेत बताएका छन् ।
भेलामा बोल्दै उनले आफ्न समितिका कर्मचारीहरुलाई आफ्नो जागीर जाने त्रासम नबसेर नियमित रुपमा कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिएका छन् । समितिलाई सरकारको नितिबिधिमा राखेर नयाँ शिराबाट संचालन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
समिती बागचौर शाखा प्रमुख चित्र बहादुर राणा (संसार)को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा कर्माचारीहरुले युवा स्वराेजगारकाे नारा लगाउने सरकारले स्वराेजगार युवाहरुलाई बेराेजगारतर्फ ढकेल्न खोजेको आरोप लगाएका थिए। युवाहरूको रोजिरोटी खोसिए यातायात मजदुरहरुले त्यसको परिणाम सरकारलाई राम्रो नदिने उनिहरुले बताएका छन् ।
सयौँ कर्मचारी उपस्थिति रहेको भेलामा सल्यान रुकुम यातायात ब्यवसायी समितिको कर्मचारी पोशाक समेत बितरण गरिएको थियो । कार्यक्रमको संचालन समितिका कार्यालय प्रमुख तिर्थराज धितालले गरेका थिए ।