• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे सिफारिस


भदौ २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सिफारिस भएको छ ।

संवैधानिक परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र २० गते बुधवार