• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

प्रेस स्वतन्त्रताकाे माग गर्दै सल्यानका पत्रकारहरूले प्रधानमन्त्रीलार्इ ज्ञापन पत्र पठाए


लेकाली अनलाइन
भदौ २०, सल्यान ।

भदाै १ गतेबाट लागु भएकाे मुलुकी (फाैजदारी) संहिता एेन संशाेधन गर्नु पर्ने भन्दै नेपाल पत्रकार महासंघ सल्यान शाखाले अाज जिल्ला प्रसासन कार्यालय सल्यान मार्फत प्रधानमन्त्रीलार्इ ज्ञापन पत्र पठाएकाे छ ।

मुलुकी (फाैजदारी) संहिता एेन २०७४ मा व्यबस्था भएका केहि प्रावधानहरुले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रतालार्इ गम्भीर असर पार्ने भन्दै केहि बुँदाहरुलार्इ संशाेधनकाे माग सहितकाे पत्र प्रधानमन्त्रीलार्इ पठाउन प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललार्इ बुझाइएकाे हाे । महासंघका जिल्ला अध्यक्ष प्रतिक इछुक शर्माकाे नेतृत्वकाे टाेली अाज प्रसासनका पुगेर बुझाएका हुन् ।

मुलुकी फाैजदारी संहिता एेन २०७४ का विभिन्न दफाका प्रावधानहरुलार्इ हेर्दा संचारमाध्याममा प्रकाशित/प्रसारित सामाग्रीकै अाधारमा संचारकर्मी माथि गम्भीर अभियाेग लाग्न सक्ने अबस्था देखिएकाेले त्यसलार्इ संशाेधनकाे माग गरिएकाे छ । पत्रमा भनिएकाे छ-“यस एेनका कुनैपनि दफामा संचारमाध्यममा प्रवाह भएका सामाग्रीका सन्धर्भमा यस एनेका प्रावधानहरु लागु हुँदैनन् भन्ने व्यवस्था नरहेकाे र संचारमाध्यम सम्बन्धी छुट्टै एेनहरुमा समेत यस एेनमा उल्लेखित विषयका संधर्भमा कुनै प्रावधानहरु नै नराखिएकाेले याे एेन बाट संचारमाध्यम र पत्रकारहरु पीडित बन्न सक्ने अवस्था देखिन्छ । एेनका केहि व्यवस्थाले  पत्रकारहरुलार्इ खाेजि समाचार तयार पर्न समस्या पर्नुका साथै तस्विर खिच्न र प्रकाशन प्रसान गर्न बाधा हुन सक्ने देखिन्छ ।”

ति प्रावधानहरुमा तत्काल संशाेधन गरी संबिधानकाे प्रस्तावनामा नै उल्लेख भएकाे पुर्ण प्रेस स्वतन्त्रतालार्इ ग्यारेन्टी गर्न महासंघले सरकार सँग जाेडदार माग गरेकाे छ ।

पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले यसमा अाफुले केहि गर्न नसकेपनि पत्र  प्रधानमन्त्री कार्यालयसम्म पठाउने बताएका छन् । उनले यस्ताे खालकाे एेनले पत्रकारहरुमाथि असर पर्ने भएकाेले सरकारले संशाेधन गर्नेपर्ने बताएका छन् ।

याे एेनले पत्रकारको घाँटी निमोठ्ने भनेर व्यापक विरोध र आलोचना भइरहँदा सत्तारुढ नेताहरुले भने पत्रकारहरुका विषयमा यो कानुन आकर्षित हुँदैन भन्दै आएका थिए । हिजाे मात्रै  समाचार लेखेकै आधारमा न्युज कारोबार डटकमका समाचार सम्पादक नवराज कुँवर र पत्रकार रोयल आचार्यलाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेर रिहा गरेकाे थियाे । यसरी समाचार लेखेकै आधारमा पत्रकार पक्राउ परेपछि नेपालकाे सञ्चारजगत झनै त्रसित बनेको छ ।

हेर्नुहाेस् नेपाल पत्रकार महासंघ सल्यानले बुझाएकाे ज्ञापन पत्र

 

प्रकाशित मिति : २०७५ भाद्र २० गते बुधवार