• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे कपुरकोटमा मनाइयो बेचविखन विरुद्धको दिवस, महिला र वालवालिका उच्च जोखिममा


लेकाली अनलाइन
भदौ २०, सल्यान ।

अशिक्षा, गरिवि र घरेलु हिंशाका कारण मानव बेचविखन समस्या समाजमा मौलाउँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सल्यानको कपुरकोट गाउँपालिकाले १२ औँ मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले अशिक्षा तथा गरिविको कारण विशेष गरि महिला र वालवालिका बेचविखनम पर्ने गरेको बताएका हुन् । जनप्रतिनिधी, विद्यार्थी, शिक्षक, महिला समूह, सुरक्षाकर्मी लगाएतको सहभागीतामा ¥यालि निकालिएको थियो । बजार परिक्रमा गरि ¥यालि अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा कपुरकोट ६ का वडाअध्यक्ष हेरम बहादुर बुढाथोकीले आफ्नो वडाबाट १२ जना महिला पैसा कमाउने प्रलोभनमा परेर वैदेशिक रोजगारमा गएको जनाउँदै एक जना महिला भारतको दिल्लीमा अलपत्र परेको जानकारि गराए । उनले भने, ‘अरूलाई सजिलै विश्वास गर्ने किशोरी, महिला एवं बालबालिका बेचविखनमा पर्ने सम्भावना हुँदो रहेछ । अव हामीले जोखिममा पर्न सक्ने समूहको पहिचान गरेर बेलैमा सचेतना फैलाउने काम गर्छौँ ।’

“संघियताको महत्वपूर्ण सारः मानव बेचविखन अन्त्यका लागी जिम्मेवार र सहकार्य सहित गरौँ खबरदार” भन्ने नाराको साथ बुधबार कपुरकोट गाउँपालिकाको आयोजनामा दिवस मनाइएको हो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर रानाले आफ्नो वडाबाट पनि १३ जना महिला बैदेशिक रोजगारमा गएको बताए । उनले मानिस बेचिनबाट रोक्नका लागी गाउँमै रोजगारको सृजना गर्ने कार्यक्रम र योजनाहरु सञ्चालन गरिने बताए ।

कपुरकोट ३ का वडाअध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतीथी गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले मानव बेचविखन र ओसारपसारका क्रियाकलाप नियन्त्रणका लागी समाजका सबैको एकता आवश्यक रहेकोमा जोड दिइन् । उनले पैसा कमाउने र मिठो खाने तथा राम्रो लाउने प्रलोभनमा विदेशिने वा शहर झर्नेहरु बेचविखनमा पर्न सक्ने भएकाले आफ्नै गाउँठाउँमा पसिना बगाउने वानिको विकास गर्नुपर्ने बताइन् ।

पत्रकार शंकर केसीले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज केसी, वडा नम्बर ५ बाट वडा सदस्य भिमा बुढाथोकी, सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्मा, नेपाल शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम कुमार केसी लगाएतकाले बोल्दै पारिवारिक सम्बन्धमा खलल आएपश्चात् अन्यत्र सहारा खोज्ने महिला बेचबिखनका शिकार बन्ने गरेको बताएका थिए ।

बेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि, २००२ पारित भएपछि र नेपालमा व्यवस्थापिका संसद्बाट २०६३ भदौ २० गते अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरुवात भएको हो ।

प्रकाशित मिति : २०७५ भाद्र २० गते बुधवार