निजामती कर्मचारी सेवा दिवसमा डिभिजन वन सल्यानले गर्याे वृक्षारोपण


पुष्पा रिजन डि.सी.
भदौ २१, सल्यान ।

निजामती कर्मचारी सेवा दिवसको अवसरमा सल्यानमा विभिन्न कार्यक्रम गरिएको छ ।
यसै सन्दर्भमा डिभिजन वन कार्यालय सल्यानले पनि आज वृक्षारोपण गरेको छ ।

निजामती कर्मचारी सेवा दिवस मनाउदै गर्दा डिभिजन वन कार्यालय सल्यानको संयोजनमा त्रिभुवन जनता माध्यमिक विद्यालय खलंगा लुहापिङ्ग सल्यानको परिसरमा विभिन्न जातका विरुवाहरु रोपण गरि वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा जिल्ला अदालत सल्यानका न्यायधिस मदन बहादुर धामी, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाह, बरिष्ठ कृषि विकास अधिकृत अमर राज शर्मा, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख विनोद प्रसाद अधिकारी वकील बासुदेब शर्मा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुननिधि पोखरेल लगाएत जिल्लास्थित सम्पुर्ण निजामती कर्मचारीहरुको उपस्थतीमा वृक्षारोपण कार्य गरिएको होे ।

त्यस्तै सोहि विद्यालयको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरे लगतै सोही निजामती कर्मचारीहरुको पहलमा जिल्ला अस्पताल सल्यानमा उपचार गरिरहेका बिरामीहरुलाई फलफुल वितरण समेत गरिएको हो । यस प्रश्चात भोली भदौ २२ गते शुक्रबार निजामती कर्मचारी सेवा दिवसको अन्तीम दिन बिहान साढे सात बजे जिल्लास्थित सम्पुर्ण निजामती कर्मचारीहरु खलङ्गाको टुडिखेलमा उपस्थित भै प्रभातफेरी कार्यक्रम गरि जिल्ला समन्वय समितिको सभाहलमा अन्र्तक्रिया कार्यक्रम गरेर निजामती सेवा दिवस २०७५ को समापन गरिने डिभिजन वन कार्यालय सल्यानका निमित्त डिभिजनल वन अधिकृत मेघनाथ काफ्लेले जानकारी दिएका छन् ।

निजामती कर्मचारी सेवा दिवस २०७५ मनाउने सन्दर्भमा जिल्ला स्थित विभिन्न कार्यालय प्रमुख तथा कर्मचारी मिलन केन्द्रको जिल्ला प्रशासन कार्यालय सल्यानमा भएको निर्णय अनुसार २०७५ को निजामती कर्मचारी सेवा दिवसको अवसरमा भदौ २० गते देखि सुरु भएर २२ गतेसम्म ३ दिन मनाउने निर्णण् भएको थियो । यसै सन्दर्भमा हिजो सदरमुकाम खलंगा बजार क्षेत्रमा जनचेतनाको लागि जिल्लाका सम्पुर्ण कार्यालयका कार्यालय प्रमुख लगायत निजामती कर्मचारीहरुको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति : २०७५ भाद्र २१ गते बिहिवार