निजामति दिवसको अवसरमा सल्यान अस्पतालका बिरामीलाई फलफुल बितरण


सरिता चलाउने
भदौ २१, सल्यान ।
निजामति दिवसको अवसरमा जिल्ला अस्पताल सल्यानका बिरामीहरुलाई फलफुल बितरण गरिएको छ ।

निजामति सेवा दिवसको अबसर पारी कर्मचारी मिलन केन्द्र सल्यानले अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेको हो । निजामति सेवा दिवसको अबसर पारी बिभिन्न कार्यक्रम गरिदै आएकोमा आज बिहिबार अस्पतालमै पुगेर एक कार्यक्रमका बिच अस्पतालमा रहेका करिब २० जना बिरामीहरुलाई फलफुल बितरण गरिएको जिल्ला हुकाल कार्यलय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले जानकारी दिए । दिवसकै अवसरमा गत बर्ष पनि कर्मचारी मिलन केन्द्रले २ जना बिरामीलाई ५ हजारका दरले रकम हस्तान्तरण गरेको उनले बताए ।

प्रत्येक बर्ष दिवसका अबसरमा सामाजीक परेपकारका कामहरु गर्दै आएकोमा यसबर्ष पनि बिरामीहरुलाई फलफुल बितरण गरिनुका साथै अस्पतालमा बिरामीहरुको अक्सीजनको मात्रा पत्ता लगाउने मेसिन उपलब्ध गराईएको उनले बताए ।

कर्मचारी मिलन केन्द्र सल्यानको तर्फबाट बिरामीको अक्सीजनको मात्रा पत्ता लगाउने एस पि ओ टु मेसिन उपलब्ध गराईएको हुलाक अधिकृत भण्डारीले बताए । अस्पतालमा सेवा लिन आएका बिरामीहरुलाई सहज होस भनेर अक्सीजन मेसिन उपलब्ध गराईएको उनले बताए ।

“दिवस, दिवसमा मात्र सिमित नभएर यस्ता उदारणीय काम गर्नले समाजमा सकारात्म प्रभाब पर्छ” –उनले भने । अस्पतालमा गएर बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल बितरण गरिएको अधिकृत भण्डारीले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, न्यायधिस मदन बहादुर धामी, सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डन, जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाही, गुल्मपति रामकृष्ण श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुननिधि पोखरेल लगाए अन्य कार्यलय प्रमुखहरु र निजामती कर्मचारीहरुको उपस्थीतिमा फलफुल बितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७५ भाद्र २१ गते बिहिवार