सरिता चलाउने
भदौ २१, सल्यान ।
सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर १ उपल्लो बाँझकाँडामा लिफ्ट प्रणालीमार्फत गाउँमा खानेपानी पुगे पछि स्थानीय खुसि भएका छन । धेरै पहिले देखि खानेपानीको समस्या भोग्दै आईरहेका उपल्लो बाँझकाडाँका स्थानीय लिफ्ट सिस्टम बाट खानेपानी गाउँमै पुगे पछि खुसि भएका हुन ।
यहाँका स्थानीयले गाउमा खानेपानी नहुँदा २ घन्टा पैदल हिडेर खानेपानी ल्याउने गरेका थिए । “गाउँमा खानेपानीको समस्या भएपछि बिहान ३, ४ बजे पानी लिन जानु पथ्र्यो, बिहान धारामा नगए पानी पाउन गाहा्रे हुन्थ्यो”– स्थानीय लैन बहादुर बुढाले भने । पानी बोक्नले घरायसी कामकाजमा समेत बाधा पुग्थ्यो, धेरै लामो प्रयास र स्थानीय तह बनिसकेपछि गाउँमै खानेपानी ल्याउन सफल भएको उनले बताए ।
स्थानीयको जनश्रमदान २० लाख र अनुदान ८० लाख गरी एक करोडको लागतमा मेल्चौरको जुकेखोला बाट लिफ्ट प्रणालीमार्फत खानेपानीको टयाङकी निर्माण भएको लिफ्ट सिस्तम आयोजनाका अध्यक्ष कुल बहादुर बुढाथोकीले बताए । उनले भने– “पञ्चायत कालमै योजना छनोट भए तर ठुलो कार्यक्रम भएको हुनले बजेट ब्यवस्था हुन सकेन, अहिले स्थानीय तह भए पछि हाम्रो माग पुरा भयो ।” गाउँमा पानी आए पछि साबिकका ५ वटा वडाका करिब २ सय घरधुरी लाभाम्बीत भएको उनले बताए ।
खानेपानी टयाङकी निर्माण भएको भए पनि बजेटको अपुग भएकाले यस बर्ष घर घरमै धारा लिन नसकिएको उनको भनाई छ । आउदो बर्ष घरघरमै धारा पु¥याउने लक्ष्य रहेको अध्यक्ष बुढाथोकीको भनाई रहेको छ ।
यसै बिच खानेपानी टयाङकी को आज एक कार्यक्रमका बिच कर्णाली प्रदेशका सांसद तथा सल्यान प्रदेशसभा “क” का गुलाबजंग शाह र शिद्धकुमाख गाउँपालीकाका अध्यक्ष चित्र बहादुर चलाउनेले उदघाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सल्यान प्रदेशसभा “क” का सांसद गुलाबजंग शाहले जनताको समस्यालाई हेरेर हिजो चुनाबमा जनता सामु गरेका बाचा पुरा गर्ने बताए ।
कसैलाई यो तेरो यो मेरो नभनी जनता सामु गरेरका बाचा आफुले पुरा गरेरे छोडने बताए । उनले भने– “स्थानीय तह भनिसकेपछि आज तपाईहरुले गाउँमै खानेपानी ल्याउन सफल हुनुभएको छ यो गर्भ गर्नुहोस, हामी तापाईहरुको माग सम्बोधन गर्दै जानेछा ।” जनताको समस्या पहिल्याएर आफुले काम गर्ने उाले बताए ।
उद्घाटन कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा बोहरा, प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्द, १ नं. वडाध्यक्ष राम बहादुर बस्नेत, २ नं. वडाध्यक्ष रूद्र बहादुर बुढाथोकी लगाएत अतिथिहरू र स्थानिय बासिन्दाहरू उपस्थित रहेका थिए ।