• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

कपुरकोटमा मौलिक तीज गीत प्रतियोगिता सँगै निःशुल्क स्वास्थ्य शिविर र दर खाने कार्यक्रम


लेकाली अनलाइन
भदौ २२, सल्यान ।

सल्यानको कपुरकोटमा शनिबार (भोली) मौलिक तीज गीत प्रतियोगीता हुने भएको छ । सुनौलो विहानी युवा क्लव किमुचौरले तीज गीत प्रतियोगीता, निःशुल्क स्वास्थ्य शिविर र दर खाने कार्यक्रमको आयोजना गरिएको जनाएको हो ।

क्लवका अध्यक्ष चुडामणि पिएमले कपुरकोट गाउँपालिकाको विशेष सहयोगमा मालीक तीज गीत प्रतियोगीता र चिनारि हस्पीटल प्रालि तुलसिपुर दाङको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर राख्न लागिएको जनाए । प्रतियोगीतामा महिलाहरुले सहभागीता जनाउन सक्ने र प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेले क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार रुपैया सहित प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारि दिए ।

साथै तिज विशेष कार्यक्रममा चर्चीत गायक चन्द्र शर्मा, गायीका हरिमाया रायमाझि लगाएतका कलाकारले तिज विशेष प्रस्तुती राख्ने कार्यक्रम संयोजक पुरुषोत्तम परियारले जानकारि दिए । सांस्कृतीक कार्यक्रम दर्शकहरुले निःशुल्क रुपमा हेर्न पाउने आर्थीक संयोजक अमर सिंह पुनले जनाएका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र २२ गते शुक्रवार