भदौ २२, दाङ । तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यिय सहकारी संस्थाले तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । हाम्रो पहुँच बहुउद्देश्यि सहकारी संस्थाको आयोजनामा भएको तिज बिशेष कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यिय सहकारी संस्थाद्धारा सञ्चालीत बिभिन्न परीयोजनाका कर्मचारी र सञ्चालक समितिको उपस्थित रहेको थियो ।
सो अवसरमा बोल्ने बक्ताहरुले महीलाहरुको महान पर्व तिजलाई देखासिकी नभई सभ्य तरीकाले बनाउन सुझाव दिएका थिए । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहाकार नारायण प्रसाद भण्डारीले तिज पर्वका नाममा भित्रीएका बिकृतिका कारण नै बिभिन्न घटनाहरु भित्रिएको बताए । उनले तिज पर्व दुख सुख साट्ने पर्व भएकाले महीलाईहरुलाई देखासिकी नभई सभ्य तरीकाले मनाउन सुझाव दिए ।
कार्यक्रममा लेखा समिति संयोजक सुर्य प्रसाद शर्माले चाडपर्वका नाममा गरीने फजुल खर्च कटाएर बिभिन्न असाय, दीन दुखीहरुलाई सहयोग गर्न उचित हुने वताए । शर्माले तीज पर्व अन्याय र अत्याचार विरुद्धको महिला एकताको सन्देश दिने पर्व भएको भन्दै यस पर्वलाई समयअनुकुल बनाउदै संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
संस्थाका निमित्त ब्यवस्थापक बसन्ता पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन हाम्रो पहुँच सेकेण्डेरी स्कुलका सह प्रध्यानाध्यापक शिब पुनले गरेका थिए ।