• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको चेतना सामाजीक उद्यमी सहकारी संस्थाले विद्यार्थीको निशुल्क खाता खोलिदिने


लेकाली अनलाइन
भदौ २३, सल्यान ।
सहकारी बित्तीय साक्षरताको बारेमा सल्यानको एक विदयालयमा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

शारदा नगरपालिका ३ खलंगामा रहेको चेतना सामाजीक उद्यमी सहकारी संस्था प्रालीलेको आयोजना र सोहि स्थानमा रहेको एम.एम. एकेडमीको सहकार्यमा एम.एम. एकेडमीमा सहकारी बित्तीय साक्षरताको बारेमा शुक्रबार शिक्षक तथा बिद्यार्थीहरु माझ अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

बचत र बित्तिय अनुशासनको बारेमा कक्षा ८, ९ र १० का बिद्ययार्थीहरुलाई जानकारी गराउने उदेश्यका साथ संचालन गरिएको उक्त कार्यक्रममा बोल्दै सहकारी संस्थाका कार्यकारी प्रमुख धन बहादुर नेपालीले अहिले नेपालीहरुले मुख्यत तीनवटा (थुक्ने, फुक्ने र पिउने) कुरामा अत्याधिक मात्रामा खर्च गर्ने गरेको र बचत गर्न कन्जुस गर्ने गरिरहेको बताएका छन उनले पढ्ने बिद्यार्थीहरुले पनि फजुल खर्च गर्न सक्ने थुप्रै ठाउ रहेको र त्यसलाई केलाउदै खर्च कम गर्न सकिने बताएका छन् । कार्यक्रममा बचतको महत्व बचत गर्दा भविष्मा हुने फाईदाको बारेमा पनि छलफल गरिएको थियो ।

कार्यक्रममा विद्यालय संचालक महेश कुमार देवकोटाले बिद्यर्थीले गर्न सक्ने फजुल खर्चलाई घटाई बचत गर्न ईच्छुक बिद्यार्थीहरुलाइ खुत्रुके राख्ने ब्यवस्था मिलाई सहकारी संग समन्वय गर्न सकिने बताएका छन । उनल यस्तो कार्यक्रम आफ्नो एकेडमीमा पहिलो पटक भएको र कार्यक्रम निकै फलदाइ भएको बताए । साथै आगामी दिनमा यस कार्यक्रमलाई अझै प्रभावकारीरुपमा संचालन गर्नका लागी निरन्तर सहकार्य गर्ने समेत उनले बताएका छन् ।

त्यस्तै एम.एम. एकेडमीका बिद्यार्थीहरुलाई चेतना सामाजीक उद्यमी सहकारी संस्थाले सम्पुर्ण बिद्यार्थीको खाता निशुल्क रुपमा खोलीदीने जनाएको छ । बिद्यार्थीहरुले आफुले खाजा नास्ताको लागी खर्च गर्नको ल्याएको रकमबाट खर्च कम गरी बचाउनको लागी बिद्यालयमा सहकारी संस्थाले खुत्रुके किनेर बिद्यालएमा राखीदिने ब्यवस्था मिलाउने सहमतिमा समेत जुटेको छ । कार्यक्रम पश्चात ४३ जना बिद्यार्थीहरुले चेतनामा खाता खोलेका छन् ।

आयोजक सहकारी संस्थाका सचिव पार्वती नेपालीको संयोजकता भएको कार्यक्रममा एम.एम. एकेडमीका संचालक महेश देवकोटाको प्रमुख अतिथी तथा चेतना सहकारी संस्थाका कार्यकारी प्रमुख धन बहादुर नेपाली बिसिष्ट आतिथ्यता रहेको थियो ।

संस्थाका सचिव ओम गिरीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तब्य सहकारी संस्थाका बरिष्ठ प्रवन्धक बिमला सेजवाल यरीले राखेकी थिइन् ।

प्रकाशित मिति : २०७५ भाद्र २३ गते शनिवार