• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे भगवती सिनेमा हलमा “नार्इ नभन्नु ल ५” प्रर्दशन, सनिबार दर्शककाे भिड


लेकाली अनलाइन
भदौ २३, सल्यान ।

सल्यानकाे प्रमुख व्यापारी केन्द्र श्रीनगरमा रहेकाे भगवती सिनेमा हलमा “नार्इ नभन्नु ल ५” प्रर्दशन भइरहेकाे छ ।

भदौ ८ गते रिलिज भएकाे याे चलचित्र सल्यानमा भदाै २० गतेदेखि प्रर्दशन भएकाे हाे । फिल्म हेर्न  सनिबार दर्शकहरूकाे भिड लागेकाे थियाे । प्राय सल्यानकाे याे फिल्म हलले त्यति धेरै दर्शक नपाएपनि अाज सनिबारकाे दिन राम्रै दर्शक पाएकाे थियाे ।

विगत ४ बर्ष अघिदेखि सल्यानमा संचालनमा अाएकाे याे हलले अहिलेसम्म साेचेजस्ताे फाइदामा कमाउन नसकेकाे हल संचालक लिल्धर चलाउनले लेकाली अनलाइनलार्इ बताए । उनले अाफुहरूले व्यवसायीक रूपमा हल संचालन गरेपनि अहिलेसम्म खासै मुनाफा नभएकाे बताएका छन् ।

सल्यानमा फिल्म हलकाे प्रचार धेरै नभएकाे र नागरिकमा पनि हलमा गएर फिल्म हेर्नुपर्छ भन्ने मानसिकता धेरै नभएकाेले खासै दर्शककाे उपस्तिथी नहुने संचालक चलाउनेले लेकाली अनलाइनलार्इ बताए । अाफुहरूले नयाँ चलचित्र महङ्गाे रकममा किनेर ल्याएपनि कहिलेकाँही दर्शककाे कमीले घाटा बेहाेर्नु परेकाे उनले दुखेसाे गरेका छन् ।

अहिले प्रर्दशन भइरहेकाे चलचित्र ‘नार्इ नभन्नु ल ५’ अबकाे एक हप्तासम्म संचालन हुने उनले बताएका छन् । विकास आचार्य निर्देशित याे चलचित्रको ट्रेलर यूट्युवमा पनि लोकप्रिय बनेको छ ।

यस चलचित्रमा निरुता सिंह र दिलिप रायमाझीको पुनरागमनलाई लिएर पनि दर्शकहरु उत्साहित देखिएका छन् ।

‘नाई नभन्नु ल ५’ मा बाल कलाकार अनुभव रेग्मीको प्रमुख भूमिका रहेको छ । उनी यो सिक्वेलका हरेक भागमा दोहोरिएका कलाकार हुन् । पाचौं भागमा उनलाई बाल कलाकार सेडि्रना शर्माले साथ दिएकी छन् ।

फिल्ममा स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपालको जोडी पनि छ । साथै प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, दिलिप रायमाझी पनि फिल्ममा देखिन्छन् ।

प्रकाशित मिति : २०७५ भाद्र २३ गते शनिवार