लेकाली अनलाइन
भदौ २४, सल्यान ।
सल्यानका टाेपेन्द्र अाेली पक्राउ परेकाे भन्ने समाचार झुटाे भएकाे खुलेकाे छ ।
फेसबुक मार्फत चरित्रहत्या गरेको आरोपमा सल्यान बागचौर नगरपालिका–९ का टोपेन्द्र ओली पक्राउ परेको भन्ने समाचार अनलाइन मिडियाहरुले लेखेका थिए । तर अाेली भने पक्राउ नपरेकाे खुल्न अाएकाे छ ।
दिपेन्द्र प्रकाश डिसी र टाेपेन्द्र अाेलीकाे फेसबुकमा भएकाे विवाद र दिपेन्द्र प्रकाश डिसीकाे सामाजिक संजालमा चरित्र हत्याबारे दुवैजना बसेर कुराकानी मिलाइसकेका थिए । तर फेसबुक मार्फत चरित्रहत्या गरेको आरोपमा टाेपेन्द्र अाेली पक्राउ भन्ने समाचार अाएकाे थियाे ।
याे विषयलार्इ नजिकबाट हेरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका असइ प्रदिप खनालले घटनाकाे मेलमिलाप भइसकेकाे र केहि पनि पक्राउ नपरेकाे लेकाली अनलाइन सँग बताएका छन् ।
समाचार प्रति सम्बन्धित ब्यक्तिहरुले आपति जनाएका छन् । समाजिक संजाल दुरुपयोग गरेको भनी समाचार प्रकाशित हुनुभन्दा अघि नै पिडक र पीडित पक्षबीच आपसी सहमती भईसकेको उनीहरुले बताएका छन् । टोपेन्द्र वलीले शनिबार एक विज्ञप्ती जारी गर्दै केहि अनलाइन मिडियाले जानकारी दिएका छन् । जुन विषयमा कुराकानी भएकाे हाे त्याे बिषय वस्तु भन्दा बाहिर गएर मिडियाले पुर्वअाग्रही ढंगले समाचार लेखेकाेमा उनले अाफ्नाे अापत्ती भएकाे बताएका छन् । आउँदा दिनमा कोही कसैलाई आरोप प्रत्यारोप नगर्ने सहमती भएको उनले बिज्ञप्तिमा जानकारी दिए ।
उनले आफुबाट केहि कमजोरी भएको तर समाचारमा आए जस्तो कसैको चरीत्र हत्या गर्ने प्रयास नगरेको बताए । छलफलबाट मिलापत्र भईसकेको उनकाे भनार्इ छ ।
यस्ताे छ मेलमिलाप पत्र

मिलापत्र