सल्यानमा ढुंगाले लागेर एक व्यक्तिको मृत्यु


भदाै २४,सल्यान ।

सल्यानमा ढुंगाले लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाकाे कालिमाटी गाउँपालिका– १ चङ्खेनीमा ढुंगाले लागेर एक ब्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा करिब ३५ वर्षीय भक्तबहादुर डाँगी रहको प्रहरीले जनाएको छ ।

शनिबार साँझ मलामी गएर घर फर्किंदै गर्दा माथिबाट झरेको ढुंगाले टाउकोमा लागेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे प्रहरीलाई राति मात्र जानकारी आएकाले आइतबार बिहान घटनास्थलमा पुगेको प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ भाद्र २४ गते आइतवार