• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे मावि गुरदाँसेमा खेलकुद तथा संस्कृती कार्यक्रम सुरु


भदाै २४, सल्यान ।

हरितालिका तिजकाे अबसरमा कुमाख गाउपालिकाको वडा नं. ३ मा रहेको मा.वि. गुरदाँसेमा अाइतबारदेखि विभिन्न खेलकुद तथा संस्कृती कार्यक्रमहरु सुरु भएका छन् । कार्यक्रमहरुमा खुल्ला भलिवल प्रतियाेगीता, डाेरी तान्ने प्रतियाेगीता, माैलिक तिज गीत प्रतियाेगीता,  खुला नाटक, आधारभूत तहको मेमोरिएल  लगाएतका प्रतियोगिताहरू हुँने विद्यालयले जनाएकाे छ ।

अाइतबार उद्घाटन गरिएकाे कार्यक्रममा प्रमुख अतिथि सोही वडा नम्बर ३ का वडा सदस्य अतिराम राणा, विशिष्ट अतिथि गुरदाँसे स्वास्थ्य इकाइका इन्चार्ज झुपलाल थापा लगाएतका अतिथिहरु सहभागी रहेका थिए । विद्यालय व्यवस्थापन समिती अध्यक्ष मानविर चलाउनेको सभा अध्यक्षता रहेकाे कार्यक्रममा प्रध्यानध्यापक गणेश चन्दले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम भदाै २६ गतेसम्म संचालन हुने त्यहाँबाट शिक्षक खुमराज केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र २४ गते आइतवार