• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

रोल्पामा गोली चल्यो, तरुण दलका अध्यक्षको ज्यान गयो


भाद २४, रोल्पा ।

सुलिचौरमा गोली प्रहारबाट तरुण दलका नगर अध्यक्ष रोहीत पुनको निधन भएको छ । सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर प्रहरी चौकि देखि अगाडि  गोली प्रहार भएको थियो । उनको छातिमा २ बाँया कोखामा एक राउण्ड गोली लागेको थियो । उनि तरुण दल रोल्पा नगरपालिका नगर अध्यक्ष समेत भएको बताइएको छ ।

रोल्पा नगरपालिका २ रेउघा निवासी पुन पाण्डवेश्वरी यातायात प्रालीको काउण्टर उद्घाटनको क्रममा त्यहाँ पुगेका थिए । उनको घटना स्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले जनाएका छन । गाउँपालिका ४ सुलिचौरमा भर्खरै संचालनमा आएको रेष्ट पोइन्ट रेष्टुरेन्ट एण्ड बारमा गोली चलेको हो । गोली कसले र किन चलाएको हो भन्ने बारेमा भने अहिले सम्म आधिकारी जानकारी आएको छैन ।

अहिले थप जानकारीका लागी जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी प्रमुख डिएसपी दिपक खड्का सहितको टोली घटना स्थाल तर्फ लागेको रोल्पा प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनी स्थानीय गुण्डाका रूपमा चिनिन्थे । उनी यसभन्दा अगाडी जेल परेर छुटेका थिए ।

इलाका प्रहरी चौकि सुलिचौरले घटना घटाएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । लास अहिले प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र २४ गते आइतवार