लेकाली अनलाइन
भदौ २५, सल्यान ।
सल्यानमा जिप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ भने एकजना गम्भीर घाइते भएका छन् ।
जिल्लाकाे शारदा नगरपालिका १३ स्यानीखाल अतरकाँडामा अाज बिहान भएकाे दुर्घटनामा बागचाैर नगरपालिका १० की ५५ बर्षीया हुकुमी विककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । प्रहरीका अनुसार एकै घरका ५ जना सवार रहेकाे लु १ च ५६६४ नम्बरकाे जिप दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परि घाइते हुने बल बहादुर विकलार्इ उपचारकाे लागी नेपालगंज रिफर गरिएकाे छ भने अन्य सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । घटनाकाे थप विवरण अाउन बाँकी छ ।