दाङ : “सहकारीलाई सफल वनाउन व्यवस्थापनको आवश्यक्ता”


बसन्त पौडेल
भदौ २५, दाङ ।
सहकारीलाई सफल र सवल वनाउन सहकारी व्यवस्थापनमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । राप्ती विश्वासी वचत तथा ऋण सहकारी संस्था तुलसीपुरको आयेजना तथा नेपाल वचत तथा ऋण सहकारी संघ (नेफस्कुन)को प्राविधिक सहयोगमा दाङ्गको तुलसीपुमा आयेजित एक दिने पुर्ण तथा व्यवसायीक साकोस विकास कार्यक्रकमको १८ औँ समिक्षा गोष्ठीमा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन।

राप्ती विश्वासी वचत तथा ऋण सहकारी संस्था तुलसीपुर का अध्यक्ष सुरेन्द्र खडकाको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य हिराचनद्र के.सी को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी के.सी.ले पछिल्लो समय सहकारी स्थापनाका लागी नागरीक आर्कर्षित भएपनी व्यवस्थापन गर्न नस्कदा सफल हुन नसकेको बताए । वचत तथा ऋणलाई सुरक्षित तथा मर्यादित वनाउन आवश्यक रहेको वताउदै यस किसिमको अर्थ व्यवस्था सुधार्न जरुरी रहेको बताए ।सरकारको तिन खम्वे अर्थनिति अनुरुप वलियो आधार स्तम्भको मानीएको स्मरण गराउदै सहकारी नाफामुलक मात्र नभई सेवामुलक हुनुपर्नेमा प्रमुख अतिथी के.सी ले जोड दिए ।

नेफस्कुन का सञ्चलक यज्ञ प्रसाद ढकालले सञ्चालक र कर्मचारी कार्यशैलि ठिक नभए सहकारी डुव्ने खतरा अझै वढ्न सक्ने भन्दै त्यसतर्फ सवै सचेत हुनुपर्ने सुझाव दिए । “हिजो सहकारी स्थापना गर्ने मात्र लहर थियो आज सहकारीको गुणस्तरीयताको कुरा उठेन थालेको छ”-ढकालले भने- “त्यसैले वित्तिय शुसासन र अनुशाासनको लागी नेफस्कुनले पहल गरीरहेको छ ।”

कार्यक्रम मा तुलसीपुर उपमहानगरपालीका सहकारी शाखा अधिकृत अम्मर बहादुर वलीले तुलसीपुर उपमहानगरभित्र २ सय वढी सहकारी रहेको जानकारी दिदै वर्तमान अवस्थामा सहकारी व्यवस्थापनमा चुनौती रहेको वताए । तुलसीपुर उपमहानगर को २०७४ जेठ ७ गते को नगरसभा वाट पारीत सहकारी एैन को पहिलो संसोेधन वाट अव सहकारी दर्ता स्थानीय सरकारले नै गर्ने गरी सहकारी एैन दर्ता निर्देशिका ड्राफटको काम भैरहेको वताउदै अव छिट्टै सहकारी दर्ता स्थानीय सरकारले गर्ने तयारीमा लागेको जानकारी दिए ।

रफिकोलका कोाषाध्यक्ष भुप वहादुर वुढाथोकीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यकुशलता तथा सिकार्य व्यवस्थापन कार्यशालामा दाङ्ग, सुर्खेत,प्युठान र वर्दियाका १३ सहकारी संस्थाका सहकारीकर्मीको सहभागीता रहेको छ।एक दिने कार्यशालामा संस्थाको गुणस्तरीयता, दिगोपन,संस्थागत शुसासन, कर्मचारी तथा सञ्चालक क्षमता, सामाजीक कृयाकलपा लगाएतका विषयमा छलफल गरीने रफिकोलका प्रवन्धक कुमार वसन्त आचार्यले जानकारी दिए । संस्थाका सचिव इन्द्र वहादुर वुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन अध्यक्ष सुरेन्द्र खडकाले गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र २५ गते सोमवार