• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

कुमाख साप्ताहिकले गर्याे अर्धवार्षिक समीक्षा कार्यक्रम, सासंद बस्नेतद्वारा उद्घाटन


लेकाली अनलाइन
भदौ २५, सल्यान
सल्यान जिल्लाबाट प्रकाशनमा आएको कुमाख राष्ट्रिय साप्ताहिक आज आफ्नो अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिगत ६ महिना देखि निरन्तर प्रकाशन भईरहेको यो पत्रिकाले अर्धवार्षिक समीक्षा, श्रष्टा तथा प्रतिभा सम्मान र तीज विशेष साँस्कृतिक कार्यक्रम सदरमुकाम खलंगाको बाल मन्दिरमा गरेको हो ।

र्यक्रममा सल्यान प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, बागचौर नगरप्रमुख लोकमान बुढाथोकी, शारदा नगरपालिकाकी उप प्रमुख सावित्रा बस्नेत, शिद्धक’माख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहयात्री कला केन्द्रका कलाकारहरुले संस्कृतीक प्रस्तुती राखेका थिए . कार्यक्रममा कला, साहित्य, सामाजिक, साँस्कृतिक, पत्रकारीता लगाएत विविध क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

पत्रिकाका संचालक तथा प्रधान सम्पादक गोविन्द शर्माको सभा अध्यक्षतामा रहेको कार्यक्रममा स्वागत मन्तव्य लाेकानन्तर गाैतमले राखेका थिए भने संचालन पत्रकार डिल्लीराज रावतले गरेका थिए ।

कार्यक्रममा उद्घाटन गर्दै सल्यान प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले पत्रकार देशको चौथो अङग भएकाले आफनो ईमान्दारीता र कदमलाई अगाडी बढाएर काम गर्नुपर्ने बताए । पछिल्लो चरणमा पत्रकारीता राजनीतिमुखी र ब्यवसायीकरण जस्तो देखिएकाले पत्रकारीताको ईमान्दारीतालाई आत्मासाथ गर्दै पत्रकारीताको स्वाभिमान बढाउनु पर्ने बताए ।

उनले भने– “पत्रकारीता एउटा जोखिमपुर्ण अवस्था पनि पेशा हो, तपाईहरु सकारात्मक सोच बिचारका साथ अगाडी बढनुस ।” जिल्लाको पत्रकारीतालाई सबैले ध्यान दिनुपर्ने उनले बताएका छन् ।

यस्तै बिशिष्ट अतिथि बागचौर नगरपालीकाका नगरप्रमुख लोकमान बुढाथोकीले मिडिया र पत्रकारीतालाई अब जिल्लाका १० वटै स्थानीय तहले साथ र सहकार्य गर्न जरुरी रहेको बताए । स्थानीय तह र मिडयालाई पारस्पारीक सम्बन्ध जस्तो बनाएर छलफलको बाताबरण बनाउन आबस्यक रहेको बताए ।

उनले भने- “स्थानीय सरकार अब मिडिया सँग नजिक भएर हेर्नुपर्छ, कुनै राजनितिक मा कुनै आग्रह, र्पुबाग्रह नराखी बुझाईमा एकरुपत्ता ल्याउन पर्छ ।” उनले  मिडिया र जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरु बिच अन्र्तक्रिया गर्न जरुर रहेको बताए ।

प्रकाशित मिति : २०७५ भाद्र २५ गते सोमवार