लेकाली अनलाइन
भदौ २५, सल्यान ।
सल्यानमा भएको जिप दुर्घटनामा घाइते भएका अर्का एक जनाकाे पनि मृत्यु भएकाे छ ।
जिल्लाकाे शारदा नगरपालिका–१३ स्यानीखालमा साेमबार बिहान भएकाे दुर्घटना बागचौर नगरपालिका–१० पिपलनेटाका ५५ वर्षीया हुकुमी बिक घटना स्थलमै मृत्यु भएकाे थियाे । दुर्घटनामा घाइते भएका उनका श्रीमान ६५ वर्षीय बलबहादुर बिक पनि उपचारको लागि नेपालगंज लिदै गर्दा बाटोमा नै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
साथै सोही ठाउँका चालक २१ वर्षीय कमल बिक घाइते छन रहेका छन् । घाइतेको श्रीनगरस्थित मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु १ च ५६६४ नम्बरको पिकअप जिप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना भएको थियाे । जिप सडकबाट करिब २०० तल खसेको र दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित समाचार
Breaking : सल्यानमा एकै घरका ५ जना सवार जिप दुर्घटना, एक जनाकाे मृत्यु