• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

पुनको हत्याको बिरोधमा , दाङमा तरुणको प्रदर्शन


भदौ २७, दाङ । नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्याको विरोध  गर्दै तरुण दल दाङले घोराहीमा प्रदर्शन गरेको छ । हत्यारालाई कारवाहीसँगै मृतकलाई सहिद घोषणाको माग गर्दै तरुण दल दाङले मंगलवार घोराहीमा विरोध प्रदर्शन जनाएको हो ।

नेपाली काग्रेसको पार्टी कार्यालयवाट शुरु भएको बजारका विभिन्न भागको परिक्रममा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी आधा घण्टा धर्ना दिएको थियो । धर्नापछिको विरोध कार्यक्रमलाई सम्वोधन तरुण दलका जिल्ला टिका घर्तीले हत्यारालाई कडाभन्दा कडा कारवार्हीको माग गरेका छन ।

राजनीतिक पूर्वाग्रही रुपमा गोली हानी हत्या गरिएको भन्दै दोषीलाई कडाभन्दाकडा कारवार्हीसँगै मृतकलाई शहिद घोषणासँगै पीडित परिवारलाई क्षेतिपुर्तीको माग गरिएको छ । विरोध कार्यक्रमलाई दलित संघका जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा,नेपाल विद्यार्थी संघका कार्यवाहक जिल्ला अध्यक्ष टोपबहादुर बुढाथोकीलगाएतले सम्वोधन गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र २७ गते बुधवार