भदौ २७ , तुलसीपुर दाङ । तुलसीपुर उपमहानगरपालिका ७ शिवनगर निवासी स्वर्गीय शारदा आचार्यको स्मृतिमा उनका घरपरिवारले फलफुल वितरण गरेका छन् । गुरुजजुर मावि रक्षाचौरमा रहेका दृष्टिविहिनहरुलाई उनीहरुले फलफुल वितरण गरेका हुन् । । ‘समाजका हरेक मान्छेलाई सहयोग गर्नुपर्दछ भन्ने उहाँको भावनालाई सम्मान गर्दै फलफुल वितरण गरेका हौ’ मृतक आचार्यकी छोरी कमला ढुँगेलले वताईन् ।
कार्यक्रममा वोल्दै दृष्टिविहिनहरुले आफुहरुलाई सम्झिएर फलफुल वितरण गरेकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा मृतक आचार्यकी छोरी कमला ढुँगेल, नातिनी वुहारी सुरक्षा रेग्मी, शिवनगर टोल विकास संस्थाका अध्यक्ष इश्वरी प्रसाद गैरे, विद्यालयका शिक्षक विष्णुप्रसाद न्यौपानले लगायतको सहभागिता रहेको थियो । लामो समयदेखि क्यान्सरबाट पिडित आचार्यको भदौ २१ गते मृत्यु भएको थियो ।