भदौ २७ , तुलसीपुर दाङ। नेपाली नारीहरुको पर्व हरितालिका तिजको अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शुभकामना दिएका छन् । नगरप्रमुख पाण्डेले शुभकामना सन्देश जारी गर्दै हिन्दु धर्मप्रति आस्था र विश्वास राख्ने नेपाली नारीहरुको यस पर्वले आफ्नो धर्म र सँस्कृति प्रति गौरव गर्न सक्ने भावनको विकास हुन सकोस भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् । महिलाहरु एकै ठाउँमा भेला भएर दुख सुखका कुरा गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा समेत चिनिने यस पर्वमा गीतका माध्यमबाट समाजमा चेतनाको विकास गर्नतर्फ पनि महिलाहरुको ध्यान केन्द्रीत हुन आव्ह्वान समेत गरेका छन् ।
‘विगतमा जस्तै दुःख र पीडा सहेर त्यसलाई गीतका माध्यमबाट पोख्ने मात्रै होइन नारीहरुले आफ्ना समस्याहरु आफै समाधान गरेर खुसी हुन सक्छन् भन्ने सोचको विकास हुनु आवश्यक छ ’ नगरप्रमुख पाण्डेले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले चाडलाई विकृती एवम् फजुल खर्च रहित रुपमा मनाउन आवश्यक रहेको उल्लेख गर्दै लोकतान्त्रिक संस्कार र सँस्कृतिको विकासका लागि यस्ता चाडपर्वहरु उपलब्धिमुलक वन्न सकुन भन्ने शुभकामना व्यक्त गरेका छन् ।