पूर्ण के.सी. भदौ २७, दाङ । आज हरितालिका तीज , दाङ लगायत देसैभर मनाईदै छ ।
हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ ।
आजको दिनमा महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन् । दाङ तुलसीपुरको कालिका मन्दिर, सहित देशभरका शिव मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।