पूर्ण के.सी. भदौ २७, दाङ । जिल्लाको तुलसीपुरमा करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं.८ कट्कुईयाँ निवासी १८ बर्षका कपिल डाँगीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।
गोठ सफा गर्ने क्रममा कुवाबाट पानी तान्ने मोटर जडान गर्दा डाँगीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका डाँगीलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।