• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

मिडिया नेपाल दाङको अध्यक्षमा सञ्चारकर्मी तेज वलि निर्वाचित


पूर्ण के.सी. भदौ २८, दाङ । मिडिया नेपाल दाङको घोराहीमा भएको पुनर्गठन भेलाले तेज वलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

यस्तै , समितिको उपाध्यक्षमा प्रमोद आचार्य , कोषाध्यक्षमा शरद शर्मा, सचिवमा सविता सुनार, सहसचिवमा अंकित डिसी र सदस्यहरुमा भरत शर्मा, दर्पण वस्याल र मुस्कान पोख्रेल चयन भएका हुन ।

मिडिया नेपाल दाङका निवर्तमान अध्यक्ष लक्ष्मणसागर शाहको अध्यक्षता तथा संगठनका केन्द्रीय अध्यक्ष गोपाल पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्नेबक्ताहरुले सहकार्यले जिल्लामा पत्रकारीतालाई उचाईमा पु¥याउन संगठनको योगदान रहनेमा उनीहरुको जोड थियो ।सो अवसरमा पत्रकार महासंघका सल्लाहकार सुदीप गौतम, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारी, राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटा, राप्रपा घोराही उपमहानगर कमिटिका अध्यक्ष उमाकान्त भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।मिडिया नेपालले हाल देशका २८ जिल्लामा शाखा विस्तार गरेको संगठनका अध्यक्ष गोपाल पौडेलले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७५ भाद्र २८ गते बिहिवार