• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

२६ लाखकाे लागतमा सल्यानकाे चामी गाउँमा खानेपानी पुगेपछि स्थानीयहरु खुसी


लेकाली अनलाइन
भदौ २९, सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ चामी गाउँमा खानेपानी पुगेपछि स्थानीयहरु खुसी भएका छन् ।

राेल्पा सँग सिमाना जाेडिएकाे उक्त गाउँमा  व्यवस्थित खालकाे खानेपानी नहुँदा नागरिकले समस्या झेल्दै अाएका थिए । गाउँकाे माथिल्लाे भागमा रहेका नागरिकहरु खानेपानीकाे लागी समस्या झेर्दै अाएका थिए । १८ सय मिटरकाे मुख्य पाइप र २६ सय मिटरकाे वितरण पाइप गरि हाँसेकाटे वन बाट खानेपानी ल्याएपछि अहिले चामी गाउँका १८ घरधुरीका ११५ जना भन्दा धेरै नागरिक लाभान्वित भएकाे मागे खानेपानी अायाेजनाका अध्यक्ष खिमलाल केसीले बताए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सल्यानबाट ११ लाख ७४ हजार ३ सय ४५ अनुदान र १४ लाख ४३ हजार ८ सय ७८ जनश्रमदान गरी कुल २६ लाख १८ हजार २ सय २३ काे लागतमा खानेपानी गाउँमा पुर्याइएकाे हाे ।

अाफुहरुकाे बसाेबास गाउँ माथिल्लाे भागमा भएकाे र खानेपानीकाे मुहान टाढा भएकाले पहिला पानीकाे लागी घण्टाै समय खर्चनु परेकाे अायाेजनाका मर्मत सुधार समितीका अध्यक्ष पुर्ण बहादुर अाेली (पाेष्तक)ले बताए । उनले भने -“पहिले पानीकाे लागी साह्रै दुख थियाे, तर अहिले सरकारले याेजना दिएपछि सहज भएकाे छ ।” उनले अायाेजना दिएकाेमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सल्यानलार्इ धन्यवाद समेत दिएका छन् ।

त्यस्तै अर्का स्थानीय तुल्सीराम डाँगीले पनि पहिले घण्टाैँ समय लगाएर खानेपानी बाेक्नुपरेकाे दुख व्यक्त गरे । अब घरमै पानीकाे धारा पुगेपछि समयकाे बचत हुने उनले बताए । राेल्पा सँग सिमाना जाेडिएकाे याे ठाउँमा पहिले राेल्पाले कुनै सहयाेग नगरेकाे भन्दै उनिहरुले अहिले सबै सल्यानले सहयाेग गरेकाे बताएका छन् ।

 

 

प्रकाशित मिति : २०७५ भाद्र २९ गते शुक्रवार