सरिता चलाउने
भदौ २९, सल्यान ।
बिभिन्न कार्यक्रम गरी सल्यानमा पनि राष्ट्रिय बाल दिवस मनाईएको छ । सुखि नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने नारा सहित बिभिन्न संघ सस्थाको आयोजनामा राष्ट्रिय बाल दिवस मनाईएको हो ।
जिल्ला बाल कल्यान समिति सल्यानको आयोजना तथा दलित बिकास समाज सल्यान, ओरेक नेपाल, नेपाल बाल सगंठन सल्यान हरप्लेस सल्यानको सहकार्यमा भएको कार्यक्रममा सदरमुकाम बसपार्क बाट सुरु भएको ¥याली बजारपरिक्रमा गरी बालमन्दीरमा आएर औपचारीक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमा सुखि नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने बिषयमा बतृत्वकला प्रतियोगीता भएको थियो ।
बतृत्वकला प्रतियोगीतामा शिबजन माबि शितलपाटीका छात्रा बन्धना बिक प्रथम, त्रिजमाबि लुहापिङका छात्र बिशाल पुन दृतिय, मोहन सुनार तृतिय र सपना केसि सान्तोना भएका छन् । प्रतियोगीतमा बिजेता हुनेलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
जिल्ला बाल कल्यान समिति सल्यान अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कमल राज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शारदा गरपालीकाका उपप्रमुख साबित्रा बस्नेको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख साबित्रा बस्नेतले बालबालीका संरक्षणमा सबै मिलेर जुटने बताएकी छन् । बालबालीका सम्बन्धी धेरै निति आए पनि अझै कार्यन्वयन हुन नककेकाले यसमा सरकार गम्भीर हुनु पर्ने बताइन् । उनले भनिन्– “बालबालीकाको क्षेमता अभिबृद्धी गर्नको लागी हामी सबैले ध्यान दिन जरुरी छ, ठुलो मान्छेलाई बालबालीकालाई सम्मान गर्दा उनिहरुको मनोबल बढछ ।” बालबालिकाहरुलाई सबै भन्दा सस्कारको खाचो रहेकाले अभिभावक बाटै सस्कार सिकाउन सुरुवात गर्ने उनले बताइन् ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बालबालीकाको सबै भन्दा ठुलो अधिकार शिक्षा, स्वास्थ्य भएकाले यसमा सबैले बिशेष ध्यान दिनुपर्ने बताए । उनले भने– “जोखिममा परेका बालबालीकालाई सरकारले उपचार गर्ने गरेको छ, उनिहरुको सुरक्षित तरीकाले बाच्न पाउने अधिकार भएकाले सबैले ध्यान दिन जरुरी रहेको छ ।” बालबालीकाको अधिकार कर्तब्यका कुरालाई आत्मासाथ गर्दै सबैजना बालमैन्त्री क्षेत्र घोषना गर्नमा लाग्नु पर्ने प्रजिअ ढकालले बताए ।
ओरेक नेपाल सल्यानका संयोजक असोक चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाही, जिल्ला बाल संगठनका सदुस्य अनिल भणडारी, हरपलेस सल्यानका संयोजक रामचन्द्र रेगमी लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन नबिन हमालले गरेका थिए ।
त्यस्तै शारदा नगरपालिका १३ लेखटाकुरामा रहेको शृजनसिल प्राथामीक विद्यालयमा पनि राष्ट्रिय बाल दिवसको अवसरमा गीति अन्ताक्षेरी, चकलेट दौड, एकल नृत्य, कविता प्रतियोगीता लगाएतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
कुमान बहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा विजेता सबैलाई एल वि पुस्तक एण्ड विद्युत पसल शानपा १३ स्यानीखालका संचालक एल वि रोकाले पुरुस्कारको व्यवस्था गरेका । झक्कु प्रसाद ओलीको सहजिकरणमा भएको कार्यक्रमको संचालन शिक्ष्क भुपेन्द्र विकले गरेका थिए ।