सल्यानका सतप्रतिशत बालबालिका बिद्यालय पहुँचमा


लेकाली अनलाइन
भदौ २९, सल्यान ।
सल्यानका सतप्रतिशत बालबालिका बिद्यालय पहुँचमा रहेको पाईएको छ । सरकारले बिद्यार्थी भर्नालाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गरेपछि जिल्लाका सतप्रतिशत बालबालिका बिद्यालयको पहुँचमा आएको पाईएको हो ।

अहिले जिल्लाका बिद्यालय उमेर समुहका सतप्रतिशत बालबालिका बिद्यालय पहुँचमा रहेको शिक्षा बिकास तथा समन्वय इकाई सल्यानका इकाई प्रमुख लिलाधर बबालले बताए । उनले बालबिकास देखी कक्षा १० सम्ममा गरेर जिल्ला भरी ५८ हजार ८ सय ६९ जना बिद्यालयमा भर्ना भएको बताए । उनले आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने परिवारका अभिभावकलाई शिक्षाको महत्व बुझाएर बालबालिकालाई विद्यालय भर्ना गरिएको बताए ।

जिल्लाका दश वटै स्थानिय तहहरुले आफ्नो क्षेत्र भित्रका बालबालिका कुुनै पनि बिद्यालय पहुँच बाहिर नभएको जानकारी दिएका छन् । प्रत्येक स्थानीय तहमा भएका बालबालीकालाई बिद्यालय ल्याउने पहल गरिसकेकाले भाद्र ३१ सम्म स्थानीय तहमा कुनै पनि बालबालीका बिद्यालय बाहीर नरहेको भनि घोषणा गर्ने बताए ।

प्रकाशित मिति : २०७५ भाद्र २९ गते शुक्रवार