बागचाैर सेतिगुराँसका पीडित बालिकालार्इ DDS काे सहयाेग


भदाै २९, सल्यान ।

सल्यानको बागचौर नगरपालिका ४ सेतिगुराँसमा घर भत्किदा पाँच जनाले ज्यान गुमाएका पीडित परिवारलाई दलित बिकास समाज सल्यान (DDS) र सेभ त चिल्डेनकाे सहयेगमा ११ हजार बराबरको खाद्यान्न, लत्ता कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ।

गएको भदाै १२ गते राति घरको भित्ता भत्किएर दलिन भाँचिदा घरमा सुतिरहेका एकै परिवारका ५ जनाको ज्यान गएको थियो । घटनाबाट बाँचेका बालबालिकालार्इ राष्ट्रिय बाल दिवसको अवसरमा बागचौर नगर उपप्रमुख कल्पना पुनकाे उपस्तिथीमा सामाग्री हस्तान्तरण गरिएकाे हाे ।

साेहि अवसरमा वडा नं. ४ का वडा सदस्य तुल्सीराम घर्ती जनकले अाफ्नाे ब्यक्तिगत तर्फबाट पीडित बालिकालाई एक-एक जोर कपडा सहयोग गरेका छन् ।

सामाग्री हस्तान्तरणमा नगर उपप्रमुख कल्पना पुन, वडा नं. ४ र ५ का वडाध्यक्ष द्वय प्रेम बहादुर पुन र डिल्ली वली, वडा सदस्य जनक घर्ती, प्रहरी इन्सपेक्टर प्रेम संकर चैधरी, दलित समाज सल्यानका गुमान सिंह नेपाली,कमल वली बागचौर नगर सचिवालय सदस्य भुमप्रकाश भण्डारी भूपिन लगाएतकाे उपस्थिति रहेको थियो।

हेर्नुहाेस् सहयाेग गरेकाे सामाग्रीकाे लिस्ट

प्रकाशित मिति : २०७५ भाद्र २९ गते शुक्रवार