लेकाली अनलाइन
भदौ ३०, सल्यान ।
सल्यानकाे राप्ती राजमार्गमा पर्ने माेख्लाबाट दमाचाैर हुँदै राेल्पाकाे झ्याम जाने सडकलार्इ छत्रेश्वरी गाउँपालिकाले मर्मत सुधार गरेकाे छ । बर्षातकाे समयमा पहिराे र खाल्डा खुल्डीले बिग्रीएकाे उक्त सडकलार्इ मर्मत गरिएकाे हाे ।
बागचाैर नगरपालिका भित्र पर्ने ९ किलाेमिटर र छत्रेश्वरी गाउँपालिका भित्र पर्ने ३ किलाेमिटर सडकलार्इ छत्रेश्वरी गाउँपालिकाले मर्मत गरेकाे वडा नं. १ का वडा सदस्य प्रकाश हमालले लेकाली अनलाइनलार्इ जानकारी दिए । गाउँपालिकाकाे डाेजरले शुक्रबार र सनिबार गरी माेखला बाट दमाचाैर सम्मकाे सडक मर्मत गरेकाे उनले बताए ।
सडक मर्मतकाे लागी बागचाैर नगरपालिका सँग समन्वय गर्न नगरप्रमुखलार्इ अाफुले फाेन गरेकाे तर नगरप्रमुख लाेकमान बुढाथाेकीले अझै बर्षातकाे समय भएकाले अहिले नै मर्मत नगर्ने जवाफ दिएपछि छत्रेश्वरी गाउँपालिका एक्लैले मर्मत गरेकाे वडा सदस्य हमालले बताए ।

मर्मत गरेकाे सडक
सडक मर्मत भएपछि अाज दमाचाैरसम्म यात्रुबहाक बस समेत पुगेकाे छ । दाङबाट छुटुकाे ना २ ख ५५८६ नम्बरकाे बस दमाचाैर पुगेकाे हाे ।
त्यस्तै अाइतबार र साेमबार पनि छत्रेश्वरी गाउँपालिकाकै डाेजरले दमाचाैरबाट राेल्पाकाे झ्याममा रहेकाे अाफ्नाे सिमानासम्म सडक मर्मत सुधार गर्ने वडा सदस्य हमालले बताए । त्यसरीनै गाउँपालिका भित्रका अन्य बर्षातले बिगारेका ग्रामीण सडकहरुलार्इ पनि मर्मत गरिने उनले बताएका छन् ।