• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

फिल्डले पुरिएको सडक संघर्ष समितीले खाेल्छाैँ भन्दा बालकन्या माविकाे अापत्ती


लेकाली अनलाइन
भदौ ३०, सल्यान ।

सल्यान बागचाैर नगरपालिकाकाे खरिबाेट-टाटके-काेटबारा- बाफुखाेला सडककाे नक्सा बंग्याएकाे भन्दै बनेकाे संघर्ष समितीले बालकन्या मावि टाट्केकाे फिल्ड निर्माण गर्दा बन्द भएकाे सडक खाेल्छाैँ भनेपछि साे विद्यालयले अापत्ती जनाएकाे छ ।

अाज बसेकाे संघर्ष समितीकाे बैठकले भदाै ३१ गते फिल्डले पुरिएकाे सडक खाेल्छाै भन्दा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष साेभाराम भण्डारीले संघर्ष समितीकाे यस्ताे कार्यमा विद्यालयले अापत्ती जनाएकाे बताएका छन् ।

विद्यालयकाे प्राङ्गनलार्इ खेल मैदान बनाउने उद्देश्यले गएकाे जेठ महिनामा डाेजर प्रयाेग गरी विद्यालयकाे छेउमा भएकाे पुरानाे सडकलार्इ पुरेर फिल्ड चाैडा बनाएकाे भन्दै  अध्यक्ष  भण्डारीले त्यसलार्इ खाेल्न नहुने भन्दै अापत्ती जनाएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले विद्यालयकाे पश्चिम तर्फकाे सडकमा जंगल भएकाेले फिल्ड निर्माण गरेकाे र पुर्वतिर गाउँ भएकाेले नयाँ सडक पुर्वी भागतिर बनाएकाे बताए ।

बागचाैर नगरपालिकाकाे २०७४/५६ मा बिनियाेजित १५ लाख बजेटमा फिल्ड निर्माण गरेकाे अध्यक्ष भण्डरीले बताए । उनले कुनैपनि हालतमा विद्यालयकाे प्राङ्गनले पुरेकाे पुरानाे सडक नखाेल्ने बताएका छन् । यदि खाेलिएमा विद्यालय जाेखिममा हुने र लाखाैकाे घाटा हुने भन्दै उनले त्यसकाे रक्षा गर्न सम्बन्धित निकायहरुसँग अाग्रह गरेका छन् ।

सम्बन्धित याे समाचार पनि पढ्नुहाेस् 

खरिबाेट-बाफुखाेला सडक संघर्ष समितीले असाेज २ गते वडा कार्यालयहरु बन्द गर्ने

http://www.lekalionline.com/archives/12383

प्रकाशित मिति : २०७५ भाद्र ३० गते शनिवार