• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानकाे बागचाैरमा अभि क्षेत्री ‘समर्पन’ले गरे एकल रचना बाचन


पुष्पा रिजन डिसी
भदाै ३१, सल्यान ।
सल्यानकाे बागचाैर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै अाएकाे मासिक एकल रचना वाचन अन्तर्गतकाे अाठाैँ साहित्य श्रृङखला सनिबार बागचाैरमा सम्पन्न भएकाे छ ।

एकल रचना वाचनमा साहित्यकार अभि क्षेत्री ‘समर्पन’ले अाफ्ना थुप्रै कविता, मुक्तक र गजलहरु सुनाएर उपस्थित सबैलाई मनाेरञ्जित बनाएका थिए । अाफ्नै स्वरमा उनले दर्जनौं साहित्य प्रतिभाहरू सुनाएका थिए ।

बागचाैरकाे शहिद पार्कमा बेलुका ५ बजे देखी सुरु भएकाे कार्यक्रम साँझ ६ बजे सकिएकाे थियाे ।  कार्यक्रममा करिब १ सय भन्दा बढि साहित्यक अनुरागि, जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, पत्रकार, विद्यार्थी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

बागचाैर नगरपालिका ४ सिमखाेली घर भर्इ हाल तुलसीपुर दाङमा व्यवसायी गर्दै अाएका ‘समर्पन’ले “दिलभित्र छ तिम्राे तस्विर”, “फुल्दैन तिमी विना” जस्ता संगीतिक गजल संग्रह प्रकाशन गरिसकेका छन् ।

कार्यक्रमकाे प्रमुख अतिथिमा बागचाैर नगरपालिकाका उप-प्रमुख कल्पना पुन रहेकी थिईन ।परिषद्का अध्यक्ष ईन्द्र भण्डारी ‘अंकित’काे सभा अध्यक्षतामा सुरु भएकाे कार्यक्रमकाे सहजिकरण परिषद्का सचिव तारादेव शर्मा ‘ प्रर्दशन’ ले गरेका थिए । कार्यक्रमकाे समिक्षा परिषद्का सल्लाकार केशवराज देवकाेटाले गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र ३१ गते आइतवार