भदाै ३१, सल्यान । सल्यानमा खाेलाले बगाउदा एकै घरका दुई जनाकाे ज्यान गएकाे छ ।
जिल्लाकाे दार्मा गाउँपालिका ६ मलिबाङका दुर्गा केसीका २ वर्षिय छाेरा माेहन केसी र ६ वर्षिया छाेरी रेखा केसीलाई स्थानीय दार्मा खाेलाले बगाउदा मृत्यु भएकाे हाे । उनिहरुलाई सनिबार साझ ७ बजेतिर खाेलाले बगाएकाे थियाे ।
बेपत्ता २ बर्षिय छोरा मोहन केसीको घटनास्थल देखी करिब २ किमी तल शब फेला परेको हाे । यस्तै ६ बर्षिया छोरी रेखा केसीको घटनास्थल देखी ३ किमी तल शब फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोहनको शव राती नै भेटिएपनि रेखाको भने आज बिहान मात्रै शव फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताए ।
उनिहरु तीज मनाउन माउल रुकुम त्रिवेणी गएका र घर फर्कदै गर्दा खाेलाले बगाएकाे स्थानीय रेमन्त देवकाेटाले लेकाली अनलाइनलाई बताए । उनका अनुसार मृतककी अामा पुर्णिमा केसीले २ बर्षीय छाेरालाई टाउकामा राखेर पिठ्ठिउमा सामान बाेकेकाे र ६ वर्षिया छाेरीलार्इ हात समाएर खाेला तर्दै गर्दा ढुंगामा चिप्लिएर बगेकाे थियाे ।
मृतक बालबालिकाकी आमा २८ वर्षीया पुर्णिमा केसी पनि घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। मृतकका बाबु भने बैदशिक रोजगारीको शिलशिलामा मेलेसियामा छन्।