• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानकाे छत्रेश्वरी २ का किसानहरुलार्इ कृर्षी सामाग्रीहरु वितरण


लेकाली अनलाइन
भदाै ३१, सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का किसानहरुलार्इ कृर्षी सामाग्रीहरु वितरण गरिएकाे छ ।

कृर्षी, स्वास्थ्य तथा वैकल्पीक जिविकाे पार्जन पर्वद्धन कार्यक्रम (पहल) र छत्रेश्वरी २ काे वडा कार्यालयकाे सहयाेगमा उक्त वडाका केहि व्यवसायीक किसानहरुलार्इ कृर्षी सामाग्री वितरण गरिएकाे हाे । वडा भित्र रहेका करिब ६० जना किसानहरुलार्इ थाेपा सिचाँर्इ सहितकाे पलास्टीक घर, सिचाँइ पाइप, स्पिङ्कल, स्पे मेसिन, विज राख्ने हर्मेटीक व्याक लगाएतका मेसिन वितरण गरिएकाे छ ।

वडा कार्यालयकाे ३ लाख र पहलकाे १ लाख ५० हजार गरी ४ लाख ५० हजार बराबरकाे कृर्षी सामाग्री अाज एक कार्यक्रमका बिच किसानहरूलार्इ हस्तान्तरण गरिएकाे हाे ।

सामाग्री हस्तान्तरण कार्यक्रममा २ नम्बर वडा अध्यक्ष प्रेम खड्का ‘प्रभात’, कार्यपालिका सदस्य सुसिला विक, वडा सदस्य लाल बहादुर अाेली, पहल कार्यक्रमका कृर्षी अधिकृत ऋिषीराज अाेली, व्यवसायीक कृर्षी प्राविधिक कृष्ण प्रकाश अाेली, कृर्षी प्राविधिक नारायन खत्री लगाएतकाे सहभागीता रहेकाे थियाे ।

प्रकाशित मिति : २०७५ भाद्र ३१ गते आइतवार