• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

४० करोडकाे बजेटले सल्यानकाे बागचाैरमा सडक विवाद, दुर्इ समिती बिच अाराेप-प्रत्याराे


लेकाली अनलाइन
भदाै ३१, सल्यान ।

सल्यान बागचाैर नगरपालिकाकाे खरिबाेट-बाफुखाेला सडकका दुर्इ अाेटा संघर्ष समितीले भिन्न भिन्नै मत सँगै अाराेप-प्रत्याराेप लगाएका छन‌ । पुरानाे सडक नै कायम हुनुपर्छ भन्दै बनेकाे एउटा माथिल्लाे सडककाे संघर्ष समिती र नयाँ बाटाे गाउँलार्इ समेट्ने हुनुपर्छ भन्दै बनेकाे अर्काे तल्लाे सडक संघर्ष समितीले अाइतबार काेटबाराकाे टाट्केमा रहेकाे बालकन्या माविमा छुटाछुट्टै विवादित कार्यक्रम गरे ।

एकिकृत शहरी विकास केन्द्रबाट सडक कालाेपत्रेकाे लागी ४० करोड बजेट विनियाेजित गरिएकाे थियाे । खरिबाेट-टाट्के-काेटबारा-पातिहाल्न हुँदै याे सडक बाफुखाेला पुग्ने गर्दछ । सडककाे नक्सा केहि बदल्न खाेज्दा त्यहाँ विवाद सुरु भएकाे हाे।

सडककाे केहि भागमा जंगल मात्रै भएकाे र त्याे काम नलाग्ने भएकाेले गाउँलार्इ समेटेर केहि मात्रमा नयाँ सडक बनाउनु पर्ने भन्दै केहि दिन अघि दिपेन्द्र प्रकाश अाेलीकाे संयोजतत्वमा गठित तल्लाे सडक सरकारवाल तदर्थ (नयाँ सडक) समिती गठन गरिएकाे थियाे । त्यस्तै पुरानाे सडकलार्इ मास्दा कराेडाैकाे घाटा हुने र दुरी लामाे हुने भन्दै विराेध स्वरुप  डिल्ली बुढाकाे संयोजतत्वमा गठित खरिबाेट-टाटके-काेटबारा-बाफुखाेला (पुरानाे) सडक संघर्ष समिती  पनि गठन गरिएकाे छ ।

यी समुहहरुले अा-अाफ्नाे क्षेत्रबाट सडक लिने भन्दै छुट्टाछुट्टै संघर्षका कार्यक्रमहरु समेत गरेका छन् । भदाै २९ गते बागचाैर नगर कार्य पालिकाकाे बैठककाे माैखिक सहमति अनुसार सडक विबादित स्थानका सम्बन्धित वडा अध्यक्षहरू बसेर ४ दिन भित्र बिवाद समाधान गर्नुपर्ने निर्णय भएकाे थियाे । त्यस समयकाे बिचमा यी दुर्इ समितीहरुले छुट्टाछुट्टै संघर्षका कार्यक्रमहरु गरिरहेका छन् ।

अाइतबार डिल्ली बुढाकाे संयोजतत्वमा गठित पुरानाे सडक संघर्ष समितीले डाेजर ल्याएर बालकन्या माविकाे फिल्डले पुरेकाे सडक सुचारु गर्ने भन्दै खन्न सुरु गरे तर विद्यालयमा विराेध भएपछि काम राेकियाे । उक्त समितीले गरेकाे कोणसभामा १२ नम्बरका वडा अध्यक्ष दिपक ओलि र ११ नम्बरका वडा अध्यक्ष मोहन खडकाकाे समेत सहभागीता रहेकाे थियाे ।

सभामा बाेल्दै उनिहरुले सडककाे नक्सा बंग्याउन नहुने बताएका छन् ।  कसैकाे स्वार्थमा सडकलाई बाङ्गाएर यो बिबाद निम्त्याएको, सबै जनतालाइ समेटेको अनि जनश्रमदान र साहादत भएको पुरानाे सडककाे बिरोध गरेर सहिदको अपमान गरेकाे उनिहरूले अाराेप लगाएका छन्र ।

सहि बिचार र सहि निर्णय दिन नसके सरकार बिफल हुने कुरा पनि ति जनप्रतिनिधिहरुले बताएका छन् । आफुहरु सधै जनताको हितमा भएको र आन्दोलनलाई स्वागत गरिएको तथा आवस्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता समेत उनिहरुले जनाएका छन् ।

संघर्ष समितीका संयाेजक डिल्ली बुढाले १० हजार जनताको लगानीलार्इ हिजोका दिनमा माओवादीहरुले नै नेतृत्व गरि बाटो खनाएको र आज आफै त्यही जनश्रमदानको अपहेलना गरेको बताएका छन। उनले आफु संघर्ष समितिको संयोजक भएपछी सार्बजनिक मुद्दा दिने र हतकडी लगार्इ फसाउने भनी धम्की समेत आएको बताएका छन्।

त्यसैगरी दिपेन्द्र प्रकाश अाेलीकाे संयोजतत्वमा गठित नयाँ सडक समितीले कुनैपनि हालतमा जंगलकाे बाटाे लिन नहुँने बताएकाे छ । उक्त समितीले जंगलकाे बाटाे र ठाडाे सडक भएकाले त्यसलार्इ केहि मत्रामा नक्सा परिवर्तन गर्दा विराेध भएकाे जनाएकाे छ । जंगलमा सडककाे खासै काम नहुँने हुदाँ गाउँलार्इ समेटेर सडक लिन लागेकाे उनिहरूले बताएका छन् ।

नयाँ सडक बनाउदा गाउँ समेटिने र ठाडाे सडक पनि नहुँने उनिहरूकाे दावि छ । जनताकाे सेवा सुविधाकाे लागी जंगलकाे सडकलार्इ मेटेर गाउँमा लिदा अर्काे समितीले अापत्ती नगर्न उनिहरुले अाग्रह गरेका छन् ।

बालकन्या माविकाे फिल्डले पुरेकाे सडक निकास्न राेज्दा विद्यार्थी र समितीका सदस्यहरूले राेकेकाे संयाेजक दिपेन्द्र प्रकाश अाेलीले बताए । उनले टाट्के बाट पुरानाे सडकलार्इ छाेडेर नयाँ सडक खारा गाउँ हुँदै फेरी माथि पुरानै सडकमा जाेड्ने बताए ।

 

प्रकाशित मिति : २०७५ भाद्र ३१ गते आइतवार