नवीन पौडेल
भदौ ३१, सल्यान ।
प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरा सल्यानमा कार्यरत डाक्टर हेमराज शर्मालाई आज विदाई गरिएको छ ।
छत्रेश्वरी गाउँपालिका वडा नं. ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा विगत साढे २ वर्ष देखि कार्यरत डा. शर्मालाई आज गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच विदाई गरिएको हो । एम.डी. (अर्थोपेड्रिक्स स्पेशलिष्ट) अध्ययनको लागि काठमाडौंको विर हस्पिटलमा जान लागेका उनलाई गाउँपालिकाले विदाई गरेको हो ।
विदार्इ कार्यक्रममा बोल्दै गाउापालिका अध्यक्ष सन्तोष के.सी.ले डा. शर्माले यस क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले डा. शर्मालाई उच्च शिक्षाको सफलताको शुभकामना दिंदै अागामी दिनहरुमा सफल चिकित्सक बनी विरामी जनताहरुको सेवामा समर्पित हुन आग्रह गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले डा. शर्मालाई सफलताको शुभकामना व्यक्त गरेका छन् । उनले यति लामो समय सम्म यस स्वास्थ्य केन्द्रमा कार्यरत रहेर जनताको सेवामा तल्लीन डा. शर्मालाई अध्ययन पछि आगामी दिनहरुमा पनि लेखपोखरा स्वास्थ्य केन्द्रमा आई सेवा गर्न अनुरोध गरेका छन् ।
यस्तै विदाई भएर जान लागेका डा. शर्माले आफनो लेखपोखरा बसाई अत्यन्तै राम्रो भएको र त्यस क्षेत्रका विरामीहरुलाई सेवा गर्न पाउँदा आफु खुशी रहेको बताए । कार्यक्रममा गाउँपालिकाको कार्यालयमा रहेका सम्पूर्ण शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सहजीकरण प्रेस सल्लाहकार नवीन पौडेलले गरेका थिए ।