• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

खरिबोट–बाफुखोला पुरानै सडक कायम नभए जनप्रतिनिधीहरुलाई कारबाही गर्ने चेतावनी


लेकाली अनलाइन
असोज १, सल्यान ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यान बागचौर नगरकमिटीले जिल्लाको खरिबोट–बाफुखोला सडकको नक्सा बंग्याउन खोजेको भन्दै आपत्ती जनाएको छ ।

खरिबोट–टाट्के–कोटबारा–पातिहाल्न–बाफुखोला सडकलाई कालोपत्रेको लागी एकिकृत शहरी विकास केन्द्रबाट विनियोजित गरिएको ४० करोड भन्दा धेरै रकम जनप्रतिनिधीले पचाउन खोजेको र रुड परिमार्जन गर्न खोजेको भन्दै नेकपाले बिरोध जनाएको छ । नगर इन्चार्ज टाइगरले एक प्रेस विज्ञप्ती जारी गर्दै पुरानो सडकलाई नै कायम गर्नुपर्ने बताएका छन् ।

जनश्रमदान र साहादत भएको पुरानो सडकलाई बंग्याएर जनप्रतिनिधीहरुले सहिदको अपमान गर्न खोजेको विज्ञप्तीमार्फत आरोप लगाइएको छ । नयाँ बाटो र गाउँघरको विकास हुनुपर्छ भन्ने जनसमुदायीहरुलाई आफ्नो पार्टीको साथ भएको तर जसको सत्ता आयो उसैको घरतिर सडकको नक्सा बंग्याएपछि आफ्नो विरोध भएको विज्ञप्तीमा भनिएको छ ।

जनताको पसिनाबाट बनेको पुरानै रुड बनाउनु पर्ने भन्दै सो पार्टीले कालोपत्रेको लागी आएको ४० करोड रकमलाई तलमाथि पार्न खोजिए जनप्रतिनिधीहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
हेर्नुहोस् विज्ञप्ती

प्रकाशित मिति : २०७५ असोज १ गते सोमवार