• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानको लक्ष्मी माविमा अवैध विव्यस गठन गरेको भन्दै बिरोध


मिना बुढाथोकी
असोज २, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउपालिका –४ जयचौरमा रहेको लक्ष्मी माद्यामिक बिद्यालयमा बिद्यालय ब्यबस्थापन समिती गठनमा बिबाद हुदाँ बिद्यार्थीहरुको भबिष्य अन्यौलमा परेको छ । अहिले यस बिद्यालयमा पठनपाठन नियमित हुन सकेको छैन् । जसका कारण बिद्यालय सञ्चालन भएको महिनौँ बितिसक्दा समेत उनीहरुले नियमित रुपमा पढ्न पाएका छैनन् । कहिले बिद्यालयमा तालाबन्दी, कहिले शिक्षक नहुनु, बिद्यालय परिसरमा होहल्ला जस्ता कारण उनीहरुले पढ्न पाएका छैनन । बिद्यालय ब्यबस्थापन समिती गठनको बिषयमा यहाँ रहेका शिक्षकहरु नै दुईधारमा उभिएपछि बिद्यार्थीहरुलाई झन समस्या भएको छ ।

बिद्यालयमा बिबाद उत्पन्न भएको महिनौँ बितिसक्दा समेत सरोकारवाला निकाय भने मौन रहेको भन्दै अभिभावकले सोमवार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । बिद्यालयमा दलका नेताको दबाबमा अबैधानिक रुपमा बिद्यालय ब्यबस्थापन समिती गठन गरेको भन्दै स्थानीय अभिभाबकले त्यसको बिरोध गरेका छन । स्थानीय तथा अभिभाबकले अबैधानिक रुपमा गठन गरिएको बिब्यस खारेज गर्नु पर्ने माग राखेको अभिभाबक हेमन्त भण्डारीले बताए । ‘हामीले बिधि र प्रक्रियाबाट बिद्यालय ब्यबस्थापन समिती गठन गर्न माग गरेका छौं’ उनले भने —‘राजनितिक नेतृत्वहरुले मनोमानी र जबर्जस्ती बिद्यालय ब्यबस्थापन समिती गठन गरिएको भन्दै बिधि र प्रक्रियालाई टेकेर गठन गर्न हाम्रो माग हो ।’

उनीहरुले बिधि र प्रक्रिया मिचेर राणा शैलीमा जसरी रातको समयमा गठन गरिएको ब्यबस्थापन समिती अभिभावकहरुको लागी मान्य नहुने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै अभिभावक शरगम बिबश भण्डारीले ५१ प्रतिशत अभिभावकहरुको सहमतीमा बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष चयन गर्न माग गरे । उनले कुनै ब्यक्तिको घरमा बसेर रातको समयमा चयन गरिएको अध्यक्ष अभिभावकहरुको लागी मान्य नहुने बताए ।

‘२०७४ माघ २९ गते बिद्यालय ब्यबस्थापन समिती गठनको लागी बैठक बस्यो, बैठकमा कुनै निर्णय हुन नसकेपछि अर्को पटक अभिभावकहरुलाई सहित बैठक बस्ने भनेर बैठक सकियो’ उनले थपे —‘तर त्यसको बिपरित फागुन १ गते राती स्थानिय पारस कुमार वलीको घरमा प्रधानाध्यापक शोभाराम वलीलाई बोलाएर बिभिन्न निर्णर्ण गरियो, फेरी फागुन २ गते बजार गएर, बाटोमा हिड्दै गरेकाहरुको हस्ताक्षर संकलन गरेर बिद्यालय ब्यबस्थापन समिती गठन गरिएको नाटक गरियो, त्यसैले हामीले यस प्रति विरोधमा उत्रेका हौं ।’

बिब्यस खारेज नगरे आन्दोलनका कार्य अगाडी बढाउने र बिद्यालयको सुधारका लागि मुटभेड गर्नु परेपनि पछि नपर्ने भन्दै अभिभाबकले दबाब सृजना गरेका छन । अहिलेका बिब्यस अध्यक्ष ज्ञानबहादुर खड्कालाई कामकाज गर्न नदिनका लागि बिद्यालयमा पहिला ताला लगाएका अभिभाबकले बालबालिकाको पठनपाठनमा असर नपरोस भनि अहिले कागजपत्र राख्ने दराजमा ताला लगाएका छन । अध्यक्ष सहितका टोलीलाई बिद्यालय हाताभित्र प्रबेश गर्न नदिन उनीहरुले निगरानी गर्दै आएका छन ।

अध्यक्ष ज्ञानबहादुर खड्का बिद्यालयको अभिभाबक नभएको र बिब्यस गठन गर्दा अभिभाबकलाई पत्राचार नगरी दलिय नेताको सहयोगमा बिद्यालय हाताभन्दा बाहिर कसैलाई जानकारी नगराई मध्यरातमा गठन गरिएको, समिती गठनमा दलिय नेता बिच लेनदेन भएको, ब्यक्तिगत स्वार्थका लागि सम्पुर्ण अभिभाबकहरुको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै अभिभाबकले त्यसको बिरोध गरेका हुन ।

तानासाही रुपमा बिब्यस गठन गरेकोमा चित्त नबुझेको र स्थानीय अभिभाबकलाई समेत राखेर गठन गर्नु पर्ने सरगम भण्डारीले बताए । नेताहरुको दबाबका कारण बिद्यालयका प्रअ शोभाराम ओलीलाई राजिनामा दिन बाध्य बनाई बालिका डा“गीलाई निमित्त दिएको र उनले बिरामी भएको भन्दै दुई दिनका लागि बुद्धिराम डा“गीलाई बिद्यालय संचालन गर्ने जिम्मेवारी सुम्पेपछि उनकै समयमा अबैधानिक रुपमा बिभिन्न कार्य गरिएको उनले जानकारी गराए ।

‘अहिले अध्यक्ष ज्ञानबहादुर खड्का छन । हामी उनलाई कुनैपनि काम गर्न दिनेछैनौ । यदि जबरजस्ती गर्ने प्रयास गरे हामी त्यसको प्रतिकार गर्न पछि पर्ने छैनौ’ उनले भने —‘समिति भित्रका अरु कसैलाई अध्यक्षमा ल्याउन तैयार भए त्यसलाई हामी अध्यक्ष मान्न तैयार छौ ।’ गाउ“पालिकाका अध्यक्षले समस्या के हो त्यो नबुझेर त्यसलाई पास गरेकोमा स्थानीयले पत्रकार समक्ष गुनासो गरे । त्यत्ति मात्र नभई वडा अध्यक्ष नेव बहादुर खड्काले समेत बिद्यालयमा गएर बिभिन्न दबाब सृजना गरेकोमा त्यसप्रति आपत्ती जनाएका छन ।

यता छत्रेस्वरी गाउ“पालिकाका अध्यक्ष सन्तोष केसिले आफनो कुनै समस्या नभएर बामबाम नेता बिचै मुटभेडले गर्दा बिब्यस गठनमा समस्या देखिएको बताए । स्थानीय अभिभाबक मिलेर आए अध्यक्ष गठनका लागि आफु त्यहि अनुसार प्रक्रिया अगाडी बढाउने उनले जानकारी गराए ।

प्रकाशित मिति : २०७५ असोज २ गते मङ्गलवार