लेकाली अनलाइन
असोज २, सल्यान ।
सल्यानमा हिजो असोज १ गते देखि सुरु भएको संविधान दिवस पर्सी ४ गतेसम्म मनाइने भएको छ ।
संविधान दिवस २०७५ को अवसरमा विभिन्न कार्यक्रमहरू जिल्लाका विभिन्न सरकारी कार्यालयमा गर्ने सहायक प्रमुख जिल्ला अधिकारी श्रिधर टण्डने जानकारी दिएका छन । केहिदिन अघि जिल्ला समन्वय समिति सल्यानका प्रमुख श्री केश बहादुर विष्टको अध्यक्षतामा जिल्लास्थित स्थानीय तहका प्रतिनिधि सरोकारवालाको वैठकले यस्तो निर्णय गरेको हो ।
बैठकबाट संविधान दिवस जिल्ला समारोह समिति गठन गरी विभिन्न कार्यक्रम सहित संविधान दिवस भव्य र सभ्य रुपमा मनाउने निर्णय अनुसार विभिन्न कार्यक्रम भैरहेका छन ।
संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । क नहुन पनि सक्छ । अनेक असमान्यस्थितिका वावजूद विश्व इतिहासमैं एउटा दूर्लभ रेकर्ड बनाउँदै कूल ९० प्रतिशत सभासदको बहुमतले घोषणा गरिएको यो संविधानको सहमतीमा ५९८ सभासदरु मध्य सहमतिमा ५०७ जना संविधानसभाका सभासद थिए भने २५ असहमत सभासद तथा ६६ सभासदले संविधानको निर्णायक वहसलाई अस्वीकार गरेका थिए ।
त्यहि दिनलाइ संविधान दिवस मानिदै आएको यसका अवसरमा पर्वकै रुपमा देशभर विभिन्न कार्यक्रम हुने गर्छन ।
यस्तो छ सल्यानमा मनाइने कार्यक्रम तालिका
१. मैत्रिपुर्ण खुला ब्याडमिण्टन प्रतियोगिता (डबल) – २०७५/०६/०१ देखी २०७५/०६/०३ सम्म जिल्ला प्रहरी कार्यालयको ब्याडमिण्टन कोर्टमा
२. मिति २०७५/०६/०२ गते विहान ७:०० बजे देखि शारदा न.पा. ५ स्थित हिमदर्शन पार्कमा सरसफाई तथा फलफुल र अन्य वृक्षारोपन कार्यक्रम
३. मिति २०७५ /०६/०३ गते विहान ७:०० बजे पुरानो वसपार्कमा जम्मा भई प्रभातफेरी कार्यक्रम, प्रभातफेरी पश्चात टुडिखेलमा संविधान दिवश विशेष प्रवचन कार्यक्रम र प्रवचन पश्चात लुहापिङ्गको मैदानमा जनप्रतिनिधी ११ VS प्रमुख जिल्ला अधिकारी ११ विच मैत्रिपुर्ण फुटवल कार्यक्रम
४. मिति २०७५ /०६/०४ गते विहान ७:३० बजे जिल्ला कारागार सल्यानमा रहेका कैदिहरुका लागि खेलकुद सामाग्री वितरण कार्यक्रम सोहि दिन विहान ११ बजे प्रत्येक स्थानीय तहका मा.वि. स्तरीय विद्यार्थिहरु विच हाजिरी जवाफ प्रतियोगिता र हाजिरी जवाफ पश्चात संविधान दिवशका विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमका उत्कृष्टहरुलाई पुरस्कार वितरण कार्यक्रम
५. मिति २०७५ असोज २, ३ र ४ गते वेलुका सबै सरकारी कार्यालयहरुमा दिपावली कार्यक्रम